
मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’ सार्वजनिक
- चैत्र २१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ ।गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिए ।
प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गरेका छन् । गायक मुरलीधर र प्रिया गोलेले अभिनय गरेको भिडियोमा दीपक गिरीले छायाङ्कन गरेका छन् भने युवराज वाइबाले निर्देशन गरेका छन् ।
गजलप्रति टिप्पणी गर्दै गीतकार शङ्कर कोइरालाले शब्दमा नयाँ प्रयोग र एक पङ्क्तिको यस गीतले उडायो सपना सबै हुरीले भन्ने गजललाई पुनः स्मरण गराएको बताए । उनले रचना, गायन र सङ्गीतका दृष्टिले यो उत्कृष्ट छ भने ।गायक मुरलीधरले उत्कृष्ट शब्द सङ्गीत तथा थोरै शब्दको गीत सुन्दर रहेको टिप्पणी गर्नुभयो । यो गीत एस म्युजिकले युट्युबमा पनि राखेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
-
चैत्र २६, २०८१सहरमा प्रदूषित वायुको असर
-
चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
-
चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१बजारमा मौसमको बदली र प्रदूषित वायुको असर
-
लोकप्रिय चैत्र २६, २०८१सहरमा प्रदूषित वायुको असर
-
लोकप्रिय चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
-
लोकप्रिय चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
Comments