

कासिन न्यूज,
काठमाडौं ।
विश्वकै वायु प्रदूषित सहर बनेको छ काठमाडौं । आइतबार विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौं बुधबार भने दोस्रो स्थानमा झरेको थियो । प्रदूषित वायु कारण अहिले मानिसहरुमा रुघा लाग्ने, आँखा पाक्ने, रातो हुने जस्ता रोगहरुको लक्षण देखा पर्न थालेका छन् । उपत्यकामा होली पर्व देखी मौसममा केही बदली आईरहेको देखीन्छ । वर्षा नभएको कारण केही गर्मी महसुस हुन् थालेको जानकारी मौसम विभागले दिएको छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ ।
विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
-
चैत्र २९, २०८१लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने : गृहमन्त्री लेखक
-
चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
-
लोकप्रिय चैत्र २९, २०८१लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने : गृहमन्त्री लेखक
-
लोकप्रिय चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
लोकप्रिय चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
Comments