क्यानको अर्लि इलेक्सनको अवधारणाले गर्दा पारस उम्मेदवार बन्नबाट बिमुख
- माघ १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
१९ माघ काठमाडौँ ।
नेपाल क्रिकेट संघ ( क्यान)को आसन्न निर्वाचनमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का उम्मेदवार हुन नपाउने भएका छन् ।क्यान कार्यसमिति (बोर्ड) बैठकले बुधबार जेठ मसान्तभित्र जिल्ला, प्रदेशहुँदै केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसलाई फागुन १४–१५ मा सुर्खेतमा हुने वार्षिक साधारणसभामा पेश गरिनेछ ।
क्यानको २०७५ सालमा तेस्रोपल्ट संशोधन गरिएको विधानमा क्रिकेट संघको सदस्यता हुनका लागि राष्ट्रिय टोलीबाट बाहिरिएको दुई वर्ष हुनुपर्ने उल्लेख छ ।
विधानको दफा २३ को उपधारा ३ (क)मा भनिएको छ, ‘‘.यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्यसमितिको निर्वाचन नुहुभन्दा अगावैको कम्तिमा दुई वर्षको अवधिमा भएका राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्यसमितिको पदाधिकारी वा सदस्यका रुपमा निर्वाचित हुन सक्नेछ ।’
पारसले उनी २०७६ चैतदेखि नै राष्ट्रिय टिममा थिएनन् । २०७७ चैतसम्म उनले घरेलु क्रिकेट खेलेका थिए । उनले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
क्रिकेट संघले चार वर्षे कार्यकाल पुरा गरेर चुनाव गर्ने हो भने पारस उम्मेदवार हुन सक्नेछन् । तर आफ्नो कार्यकाल सकिनु चार महिना अगावै निर्वाचनमा जाने निर्णय गरेका कारण पारस त्यो प्रक्रियामा समावेश हुन नपाउने भएका हुन् ।
२०७६ असोज १२ गते निर्वाचित क्यान कार्यसमितिको पदावधि सकिन अझै नौ महिना बाँकी छ । क्यान विधानले अर्ली इलेक्सनको परिकल्पना नगरेको भएपनि बाधा अड्काउ फुकाउमार्फत चाडै निर्वाचन गर्न लागिएको अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments