किन हुन्छ स्वास्थ्य संस्थामा कमिसनको खेल ?
- माघ २०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२० माघ, काठमाडौँ ।
स्वास्थ्य मानव जीवनको एउटा अभिन्न अंगको रुपमा व्याख्या गरिन्छ । भनिन्छ , स्वास्थ्य बिना मानिसको जीवन चल्दैन पनि । तर आजकाल त्यहि स्वास्थ्यको क्षेत्र कमाई खाने भाँडोको रुपमा प्रयोग हुन् थालेको छ । अहिले हरेक अस्पतालको उद्देश्य भनेको नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचार दिनु भन्दा पनि आर्थिक बढ्दोत्तरी कसरी गर्ने तर्फ ध्यान जान थालेको छ ।
प्राय अस्पतालहरुमा देखीने बेथिति मध्य एक हो उपचारका लागि प्रयोग हुने उपकरणहरु । यस्ता उपकरणहरु नै अहिले अस्पतालको कमाई खाने भाँडोकोे रुपमा प्रयोग हुन थालेका छन् ।
जस्तै उदाहरणको लागि धरानमा रहेको नेपालको प्रतिष्ठित स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद गरिएका १५ करोड बराबर मूल्यका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा थन्किएका छन् । कतिपय उपकरण त एकपटक पनि प्रयोग नगरी थन्किने गरेका छन् ।
महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदनले खरिद भएका स्वास्थ्य उपकरणका सामग्री पनि कमसल रहेको औंल्याएको छ । खरिदमा भएको खर्च उपलब्धि विहीन हुन पुगेको महालेखाले जनाएको छ ।
प्रयोगमा आउनु अगावै प्रयोगविहिन
४ करोड बढीको एमआरआई मेसिन (०.३) टेस्ला, ५ करोड बढीको सिटी स्क्यान, एक्से मेसिन, मोबाइल सि र्याम एक्सरे मेसिन एक÷एक थान गुणस्तरहीन भएकाले प्रयोगमा आउन नसकेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । प्रतिष्ठानले पोर्टेबल एक्सरे मेसिन २ थान, ८०० एमए एक्सरे मेसिन १ थान, कलर डप्पलर मेसिन १ थान, अल्ट्रासाउण्ड मेसिन १ थान र आईसीयू भेन्टिलेटर ६ थान प्रयोग गर्न नमिल्ने कमसल खरिद गरेको पाइएको हो ।
त्यसैगरी, प्र्रतिष्ठानले खरिद गरेको १ थान सीसीयू भेन्टिलेटर, आईसीयू भेन्टिलेटर झागर १ थान, टिएमटी मेसिन १ थान प्रयोगविहीन अवस्थामा रहेको छ । त्यस्तै, डेढ करोड बढीको भिडिओ इन्डोस्कोपी १ थान, हिटर कुलर १ थान, सर्जिकल माइक्रोस्कोप १ थान र विस्क्यान अल्ट्रासाउन्ड १ थान कमसल पर्दा उपयोग हुन सकेको छैन । त्यसैगरी वीपी प्रतिष्ठानले फेटल मोनिटर, सिल्ट ल्याम्प, ओसिटी जस्ता उपकरण पनि कमसल खरिद गर्दा प्रयोग हुन सकेको छैन ।
कमिसनको लोभ
तीस हजार रुपैयाँमा पाइने सामग्री सोझै खरिदको नाममा प्रतिष्ठानले पाँच लाख रुपैयाँसम्ममा खरिद गरेको पनि उल्लेख गरेको थियो ।
सिटीस्क्यान, एमआरआई, एचडीयु तथा फार्मेसीसम्बन्धी खरिदमा ठूलो अनियमितता भएको छानबिन प्रतिवेदनमा उल्लेख थियो । शैक्षिक गतिविधिमा केन्द्रित हुनुपर्ने पदाधिकारी र पूर्व पदाधिकारीहरु समेत आर्थिक लाभको लोभमा खरिदका क्रियाकलापमा संलग्न भएको प्रतिवेदनमा उल्लेख थियो ।
साथै अध्ययन समितिले तत्कालीन उपकुलपति गिरीसहितलाई कारवाहीको सिफारिस समेत गरेको छ । स्वास्थ्य मन्त्रालयले गत वर्ष भदौमा नै नाम अगाडि प्राध्यापक लेख्ने गिरीले प्राध्यापकको उपाधि नपाएको भनी प्रतिवेदन तयार पारेको थियो । उनले आफ्ना नामअघि थपेको ‘प्राध्यापक’ माथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले टोली नै गठन गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments