खेल > क्यानको कमजोरीले निम्त्याएको समस्या- एक्स्पोजर नपाइरहेको अवस्थामा नेपाली महिला क्रिकेट
- माघ २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२१ मघ, काठमाडौँ ।
सेन्ट्रल कन्ट्र्याक्ट सहज विषय नभएको भन्दै राष्ट्रिय टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी भन्छन् ‘महिलाको प्रतियोगिता कम छ, नतिजा निस्किएको छैन । ‘महिलाहरुका लागि छुट्टै बजेट आउँदैन । केटाहरुका लागि आएको रकम छुट्याउने गरिएको छ,’ चौधरीले भने ।
नेपाल क्रिकेट संघ क्यानकोे महिला टिमको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)मा खेलाडी कटौती गर्ने निर्णय आलोचित बनेको छ । बुधबार सम्पन्न क्यानको बैठकले महिला टिममा १२ जना खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शनका लागि खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने आफ्नो जिम्मेवारी बिर्सेर क्यान खेलाडीको सुविधा कटौतीमा लागि परेको छ । पुरुषकै समान नतिजाको अपेक्षा गर्ने क्यानले महिला क्रिकेटमा गरेको लगानी तुलना नै गर्न मिल्दैन ।
क्रिकेटमा भविष्य बनाउने लक्ष्यका साथ करिअरको सुरुवातमा रहेकाहरुलाई यस्तो व्यवहारले निरुत्साहित गरेको तर्क खेलाडीहरुको छ ।
‘हामीलाई एक प्रकारले दुरुत्साहन भएको छ । महिला रािष्ट्रय टिममा पर्छु भनेर खेल्ने हामीलाई करार संख्या घट्नु भनेको के देखेर क्रिकेट खेल्नु र कसरी भविष्य देख्नु,’ नाम नखुलाउने सर्तमा यू–१९ राष्ट्रिय टिमकी ती खेलाडीले भनिन् ।
खेल खेलेर केही गरौंला भन्ने आशा मर्दै गएको उनको भनाइ छ । भन्छन्, ‘प्राक्टिस पनि जान छाडिसकें ।’
नतिजा सून्य
महिला क्रिकेटले एक्स्पोजर नै नपाइरहेको अवस्थामा क्यानले भने प्रदर्शन नभएपछि सम्झौता सीमित गरिएको बताएको छ । पछिल्लो एक वर्षमा राष्ट्रिय महिला क्रिकेट टिमले दुईवटा प्रतियोगिता खेलेको छ ।
गत मे महिनामा त्रिवि मैदानमा युगाण्डासँगको दुईदेशीय शृंखला र त्यसको एक महिनापछि मलेसियामा एसीसी टी–२० च्याम्पियनसिप खेलेको थियो । वर्षमा दुई महिना व्यस्त रहने टिम १० महिना चुपचाप बस्नुपर्ने स्थिति छ । वर्षमा एकपल्ट प्रधानमन्त्री कप र मेयर कप प्रतियोगिताबाहेक घरेलु क्रिकेटमा महिलाका लागि अन्य प्रतियोगिता छैनन् ।
‘हामीले केही मापदण्ड निर्धारण गरेका थियौं जसको कारण हामीले केन्द्रिय करारमा १२ जना राखेर अन्य खेलाडीलाई भने अन्य तवरका सुविधा दिने व्यवस्था गरेका छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन् ।
प्रमुख छनोटकर्ता चौधरीले हरेक ६ महिनामा खेलाडीको प्रदर्शन र प्रतियोगिताको चापलाई हेरेर सम्झौतामा खेलाडी थपघट हुने बताए । उनले आफूभन्दा तल्लो वरीयताको युगाण्डासँग पराजित भएकोमा महिला टिमप्रति गुनासोसमेत गरे ।चौधरीका अनुसार सेन्ट्रल कन्ट्र्याक्टमा रहने खेलाडीको ग्रेडिङका लागि मापदण्ड यस्तो छ ।
ग्रेड सी ः ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय वा ५ वटा टी–२० अन्तर्राष्ट्रिय म्याचको प्रदर्शन । (महिला खेलाडीको हकमा टी–२० मात्र)
ग्रेड बी ः टिमले खेलेकामध्ये ७० प्रतिशत खेल खेलेको हुनुपर्ने । प्रदर्शन प्रमुख आधार
ग्रेड ए ः धेरैभन्दा धेरै खेल खेल्दै नियमित र एकरुपमा उच्चस्तरको प्रदर्शन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments