अलग पहिचानका साथ बजारमा छाएका आलोक
- माघ २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२३ माघ, काठमाडौँ ।
नेपाली सांगीतिक क्षेत्रका अब्बल तारा बनेका संगीतकार आलोक श्रीको परिचय भनेको नै संगीत हो । आलोकको नयाँ एल्बम पनि आउँदै छ। उनको संगीत रहेका ८ वटा गीतको एल्बम ’झिलमिल सितारा’ मा उदितनारायण, दीपानारायण र आदित्यनारायण झाको स्वर छ।
जसरी नेपाली संगीतको क्षेत्रमा आफनो अब्बलता हासिल गरेका छन् आलोकले त्यसरी आफनो अलग पहिचानका साथ बजारमा आएका छन् । कृषि–पर्यटन। उनले आफ्नो गृहजिल्ला गोर्खाको पालुङटार नगरपालिका, ठाटीपोखरीमा रिसोर्ट खोलेका छन्।
’मिड हिल एग्रो फार्म रिसोर्ट’ नामको यो रिसोर्टको निर्माण काम भर्खरै सकिएको हो। औपचारिक उद्घाटन नभए पनि गत माघ १ गतेदेखि सेवा दिन थालेको छ।
रिसोर्टमा आगन्तुकहरूको सेवाका लागि २० जना कर्मचारी छन्। रिसोर्टले ६२ रोपनी क्षेत्रफल ओगटेको छ। एक सय जनाभन्दा बढी अटाउने सभा हल छ। रेस्टुरेन्ट, बार र स्वीमिङ पुल छ। रिसोर्ट तीनतले छ, जम्मा २२ वटा बेडरूम छन्। प्रत्येक बेडरूममा बरन्डा छ। बरन्डामा एकापट्टिबाट बन्दीपुरको समथर फाँट देखिन्छ।
रिसोर्टको मुख्य विशेषता स्थानीय कृषि उत्पादनका परिकारको स्वाद लिन पाउनु हो। ताजा तरकारी खुवाउन २० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी लगाइको छ। खाद्यान्न स्थानीय किसानसँग किनिन्छ। बिस्तारै विभिन्न फलफूल लगाउने र बाख्रा–कुखुरा पाल्ने योजना पनि छ।
रिसोर्टमा बस्ने ग्राहकका लागि आवश्यक तरकारी, माछा–मासु हामी आफैं उत्पादन गर्छौं,’ आलोक श्रीले भने, ’एभोकाडो, ड्रागन फ्रुट लगायत फल लगाउने योजना छ।’
लमजुङ, तनहुँ र गोर्खाको सिमानामा पर्छ पालुङटार। यहाँ सुविधा सम्पन्न होटल चल्ने सम्भावना देखेर रिसोर्ट खोलेको उनले बताए। कृषि फार्म भने नौ वर्षअघि नै सुरू भएको हो।
आलोक श्रीले कृषि फार्म र रिसोर्टमा निकै मेहनत गरेका छन्, समय पनि धेरै लगाएका छन्।
’यो एकै पटक बनेको होइन। यसमा मेरो १५ वर्षको मेहनत परेको छ। अब यसलाई राम्रो बनाउनु नै मेरो मुख्य काम हुनेछ,’ उनले भने।
उनलाई आजकाल संगीत र कृषिकर्म उस्तैउस्तै लाग्न पनि थालेको छ।भन्छन्, ’संगीतमा कहिले नसोचेको गीत हिट भइदिन्छ, कहिले हुँदैन। कृषि पनि त्यस्तै हो। कहिले राम्रो फल लाग्छ, कहिले लाग्दैन।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments