राजीनामा दिएका रास्वपाका मन्त्रीहरुले पत्रकार सम्मलेन गर्दै

- माघ २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
२३ माघ, काठमाडौँ ।

राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास,बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका उनीहरुले सोमबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले हिजो राजीनामा बुझाएका थिए । दिउँसो पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलन पार्टी कार्यालय बसुन्धारामा हुने बताइएको छ । हिजो अपरान्ह पार्टी सभापति रवि लामिछानेले सोही स्थानमा पत्रकार सम्मेलन गरेका थिए । रविले समसामयिक राजनीतिको चर्चाभन्दा अधिकांश समय मिडिया हाउस र मिडियाकर्मीहरुको चर्को आलोचना गरेका थिए । राजनीतिमा आउनुअघि उनी टेलिभिजन कार्यक्रममा त्यसैगरी राजनीतिक नेता तथा कार्यकर्तामाथि खनिने गर्थे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर