रविका भक्तहरुको कालो कर्तुत > जलाइयो कान्तिपुर दैनिक
- माघ २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२३ माघ, काठमाडौँ ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा नेपाली मिडियाका पत्रकार र प्रकाशकहरूविरुद्ध अभिव्यक्ति दिएका थिए ।
रास्वपा का कार्यकर्ताहरूले कान्तिपुर दैनिक पत्रिका जलाएका छन् । सोमबार बिहान रास्वपाका कार्यकर्ताहरूले कैलालीको सुखड बजारमा कान्तिपुर दैनिक पत्रिका जलाएका हुन् । बिक्रीका लागि राखेको केही दिन अघिको पत्रिका जलाएका हुन् ।
नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।
नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । लामिछानेको पासपोर्टको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्वार्थ बाझिने मन्त्रालयमा रवि लामिछाने गैरसांसद भए पनि जान खोजेको भन्दै विभिन्न मिडियाले उनीविरुद्ध लेखेका थिए । सोही विषय मिडियाले उठाएपछि लामिछानेले पत्रकार सम्मेलन मिडियाविरुद्ध अभिव्यक्ति दिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments