पटक पटक ठेकेदार फेरिदा -१ अर्ब २३ करोड को चारलेन सडक अलपत्र अवस्थामा
- माघ २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२३ माघ , तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ ।“घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उनले भनिन्“धुलोले नानी बाबुहरूका आँखा रसाउँछनु, छाती दुख्ने समस्या हुन्छ ।”
घोराही–तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ । सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, बिहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ । शरीरमा धुलौधुलो, मुखमा हातले छुँदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उनको दुखेसो छ ।“बिहान बढा¥यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ”,उनले भनिन् “पाँच वर्ष भयो, यसरी सास्ती खेप्न थालेको ।”
सडकमा आवतजावत गर्दा यात्रुहरूलाई पनि त्यतिकै समस्या हुने गर्छ । पैदल यात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नु परेको छ ।“धुलै धुलो हुँदा अगाडिको गाडी पनि देखिँदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडिको गाडी नदेखिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ”चालक ध्रुब रावतले भने “सवारी चलाउन पनि समस्या हुन्छ ।”
यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरूले बताउने गर्छन् । धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधी खाँदा पनि सञ्चो नहुँने अबस्था आउने डा अशोक कुमार पण्डितले बताए ।
लामो समयदेखि अलपत्र चारलेन
घोराही–तुलसीपुर चारलेनको काम विसं २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरि सम्झौता भयो । तर, अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुहरूलाई मात्रै नभई वरपरका बासिन्दाहरूलाई पनि समस्या हुने गरेको छ । उक्त सडकमा अहिलेसम्म ७ पेटी ठेकेदार फरिएका छन् । चौथो पटक म्याद थप भइरहसकेको छ ।
विसं २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन् । काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढी प्रगति हुन सकेन । त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो । तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशत भन्दा बढी काम हुन सकेन । अहिले खरिद ऐनको १२ औं संशोधनले चौथो पटकका लागि विसं २०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।
सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरूबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन् । पटक पटक म्याद थप हुने तर, काम नसिकदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो ।
चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ९ नेपालीमा १ अर्ब २३ करोडमा निर्माण हुन लागेको हो । भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो । तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ ।
पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय रुपैयाँ जरिवाना गर्ने गरेको छ । कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments