खेल -लामिछानेले पौडेलकै कप्तानीमा खेल्ने सुनिश्चित
- माघ २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२३ माघ, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मोन्टी देसाईले सन्दीप लामिछानेले रोहित पौडेलकै कप्तानीमा खेल्ने सुनिश्चित गरेका छन् । टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनका क्रममा देसाईले रोहित नै टिमका कप्तान रहिरहने स्पष्ट पारे ।
‘यू–१९ देखि नै रोहितसँगको मेरो सहकार्य भएको छ । र उनले अहिले राम्रो गरिरहेका छन् । उनले नेतृत्व गर्ने ‘स्किल’ सिकिरहेका छन् । हामी त्यो सहकार्यलाई लामो समयसम्म लैजान चाहन्छौं,’ देसाईले भने ।
देसाईले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लामिछानेले नेपालका लागि खेल्ने पनि स्पष्ट पारेका छन् । लामिछानेमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।
‘म क्रिकेटको भाषा बुझ्छु र मसँग क्रिकेटको भाषाको राम्रो दख्खल छ । म आएदेखि सबै कुरा प्रक्रियागत भएको छ । उनी प्रक्रियागत तरिकाले टिममा आएका छन् । मैले सबै गतिविधि नियालिरहेको छ । र सन्दीप लामिछाने टिम हुनेछन् । खेलाडीहरूले लामिछानेलाई बन्द प्रशिक्षणमा स्वागत गरेका छन् । साथै टिममा गर्नुपर्ने काम उनले राम्ररी गरिरहेका छन्,’ देसाईले दाबी गरे ।
मुख्य प्रशिक्षक देसाईले लामिछानेमाथि लागेको बलात्कार आरोप तथा नेपाल टी–ट्वान्टी लिगमा भएको स्पट फिक्सिङले टिममा कुनै प्रभाव नपार्ने बताए ।
‘ड्रेसिङ रूपमा राम्रो वातावरण बनाउने मेरो उदेश्य छ । अहिलेको समय भनेको टिमका सबै एकजुट हुने हो । पछिल्ला कुराहरूले टिमको प्रदर्शनमा प्रभाव पार्ने छैन,’ देसाईले थपे ।
नेपाल क्रिकेट संघ (क्यान)ले देसाईसँग दुई वर्षको सम्झौता गरेका छ । जबकि पछिल्ला समयमा मुख्य प्रशिक्षकहरू टिक्न सकेका छैनन् । देसाईले भने सम्झौता अनुसार २ वर्ष नेपालमै बस्ने तथा सम्झौता नवीकरण गर्न सकिने समेत बताए ।
उनले छोटो लक्ष्य भनेको लिग १२ वटा खेल त्यसपछि विश्वकप छनोट र एसिया कप छनोट रहेको बताए ।
‘राम्रो नतिजा आए टिमलाई अझै राम्रो बनाउन मदत पुग्छ । दुई वर्ष भनेको एक पछि अर्को गर्दै जाने हो । लिग–२ पछि विश्वकप छनोटका लागि नामिबिया जाने साथै एसिया कप छनोट खेल्नु पर्नेछ । समग्र क्यालेन्डर थाहा भएपछि लामो समयको योजना बनाउन सकिन्छ,’ उनले थपे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments