बालयौन दुराचार र मानव बेचबिखनका दोषी पाण्डेलाई ७ वर्षको कैद सजाय
- माघ २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२३ माघ, काठमाडौँ ।
सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई ७ वर्ष कैदको सजाय सुनाईएको छ । मानव बेचबिखन तथा ओसार पसारको कसूरमा दोषी ठहर भएका पाण्डेको सजाय सुनाउन बाँकी थियो ।
सोमबार सजाय निर्धारण गर्दै ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति गराउने निर्णय गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। पाण्डेलाई बालयौन दुराचार र मानव बेचबिखनको कसूरमा दोषी ठहर गरिएको थियो।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलसाले पाण्डेलाई माथिका दुई अभियोगमा दोषी ठहर गरेको थियो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो।
पाण्डेमाथि आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको आडमा बलत्कार गरेको आरोप पीडित युवतीले लगाएका थिइन्। तत्कालीन समयमा उनी नाबालिग थिइन्।
तर, आठ वर्षसम्म उनले उक्त घटना सार्वजनिक गर्न नसक्दा बलात्कारको मुद्दामा हदम्याद गुज्रेको थियो। केही समयअघि मात्र पीडितले सामाजिक सञ्जालबाट आफूमाथि भएको घटना सार्वजनिक गरेकी थिइन्।
लगत्तै न्यायका लागि आवाज उठेको थियो। जाहेरी दिँदै पाण्डेमाथि अनुसन्धान भएको थियो। अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments