मौसम जानकारी > प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना

- माघ २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
२४ माघ, काठमाडौँ ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाको अनुमान छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर