सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने
- माघ २४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२४ माघ, कैलाली ।
मुख्यमन्त्रीमा नियुक्ति भएको झण्डै महिना दिन पुग्नै लाग्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिन लागेका हुन् । रावलले विश्वासको मत लिने विषयमा प्रदेश सभा सचिवालयलाई जानकारी समेत गराइसकेको सचिवालयले जानकारी दिएको छ ।
माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा सभामुखसहित माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी दलले गत पुस २७ गते मुख्यमन्त्रीमा रावललाई समर्थन गरेका थिए ।
मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत दिनेबारे अझैसम्म कुनै धारणा बनाइसकेको छैन । उन्मुक्तिकि अध्यक्ष रंजिता श्रेष्ठले आफूहरूको मुद्दा रेशम चौधरीको रिहाइ प्रमुख रहेको बताउँदै रिहाइ नभएसम्म विश्वासको मत दिन नसकिने बताउदै आएकी छिन् ।
केही दिनअघि काठमाडौँमा मुख्यमन्त्री रावलसहित एमालेका अध्यक्ष केपी शर्माओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलमा तीन दललाई ६ मन्त्रालय बराबर बाँड्ने विषयमा बहस भएको बताइएको छ । जसमा मुख्यमन्त्री बाहेक अन्य ६ मन्त्रालयमा एमालेका २, माओवादीका २ र नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिने विषयमा सहमत भए पनि उन्मुक्तिले भने आफ्नो अडान कायम नै राखेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments