नेपाल प्रहरीको विट माथि महानगरको डोजर

- माघ २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
२४ माघ, काठमाडौँ ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर निर्माण गरिएको प्रहरी विटलाई काठमाडौँ महानगरपालिकाले हटाएको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।
मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् । त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको छ ।
प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं’ उनले भने, ‘नेपाल प्रहरी हाम्रो सहकार्यमा नै व्यवस्थापन गर्न लागेका हौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर