राजनीति > देउवा राष्ट्रपति बन्ने कि प्रधानमन्त्री ?
- माघ २४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२४माघ, काठमाडौँ ।
नेपाली कांग्रेसले राष्ट्रपति पाउँदा नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको चर्चा चलिरहेको छ । तर सभापति देउवालाई नै राष्ट्रपति बन्न आग्रह भएको कुरा पनि उठेको केही नेताहरुको भनाई छ ।
त्यो अवस्थामा पौडेललाई संसदीय दलको नेता बनाउने विषयमा पनि चर्चा भएको कांग्रेसका एक नेताको भनाइ छ।
सभापति नै राष्ट्रपति बनाउने कुरा पार्टीमा स्वीकार्य नहुने बताउँदै देउवा खेमाका ती नेताले भने, “त्यसको निम्ति सभापति त सर्वस्वीकार्य हो दल बाहिर पनि। तर हामीलाई गाह्रो हुन्छ। पार्टीमा साथीहरूले मान्दैनन्।”
पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि देउवा राष्ट्रपति बन्ने सम्भावना नरहेको बताए ।उनले भने, “अरूले उहाँको बारेमा सोच्ने कुरा बेग्लै कुरा हो तर उहाँ सक्रिय पार्टी नेतृत्व छाडेर राष्ट्रपतिमा जान इच्छुक हुनुहुन्न।”
देउवा फेरि प्रधानमन्त्री?
कतिपयका बुझाइमा देउवा राष्ट्रपति भएमा कांग्रेसको तर्फबाट यही बिचमा प्रधानमन्त्री बन्ने खेल अन्त्य हुनसक्छ। र, त्यसको सिधा लाभ प्रधानमन्त्री प्रचण्डलाई पुग्न हुनसक्छ। सत्ता गठबन्धनभित्र दबाव बढाएर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने गरी एमालेसँग लिखित सहमति गर्ने प्रयासमा रहेको सत्तापक्षका केही नेताहरूको आशङ्का छ।
कांग्रेसको विश्वासको मतले प्रचण्डलाई बलियो बनाएकाले पनि त्यस्तो आशङ्कालाई बल दिएको ठानिन्छ। तर कांग्रेस नेताहरू प्रचण्ड पुरानै गठबन्धनमा फर्किनेमा निकै आशावादी सुनिन्छन्।
एक थरी नेता त प्रचण्डका निम्ति सत्ता सहयात्राका निम्ति ओलीभन्दा देउवा सहज भएको भन्दै प्रधानमन्त्रीमा आलोपालो गर्न समेत प्रचण्ड तयार हुनेमा विश्वस्त सुनिन्छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments