सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा
- माघ २४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२४ माघ, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले सल्यानको कालिमाटी सव–डिभिजन वन कार्यालयका फरेष्टर जय पृथ्वीराज वुढाथोकीसहित ६ जनाले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालिमाटी सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी –३, सल्यानका अध्यक्ष भीमबहादुर कवर, कोषाध्यक्ष जुद्दकुमारी वली र सचिव पुष्पा वली खासु मगर तथा दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका –४, दाङ्गका सञ्चालक दुर्गाप्रसाद वली छन् ।
तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडक–खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी –३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।
अख्तियारले उनीहरुमाथि १ लाख ८७हजार ८७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवानाको माग गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments