प्रेस अभिन्न अंग हो – यसमा समस्या पनि छ > नेका महामन्त्री थापा

- माघ २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

सरकारबाट मन्त्री फिर्ता बोलाए पनि समर्थन किन फिर्ता नलिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कांग्रेस (नेका)का महामन्त्री गगन थापाले प्रश्न गरेका छन्।
रास्वपा एकैपटक सरकारमा किन गएको भनेर भन्न नपर्ने? सरकारमा गएको अनि किन बाहिरिएको? सरकारमा किन गएको पनि बताउन नपर्ने, सरकार बाहिर किन गएको पनि भन्न नपर्ने?,’ काठमाडौंमा बुधबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारबाट बाहिर किन गएको भन्दै गर्दा हामीसँग गरेको सहमति पालना भएन। सहमति कसले पालना नगरेको?
प्रधानमन्त्रीले पालना गर्नु नभएको। सबैभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन? अनि अहिले सरकार छाड्दा समर्थन फिर्ता लिनुपर्ने होइन? अनि समर्थन फिर्ता किन नलिएको? हामीलाई विश्वासको मत किन दिएको भन्ने प्रश्न उठेजस्तै सरकारलाई दिएको समर्थन किन फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्नै सोध्न नहुने हो?’
विगतमा माओवादी र एमालेलाई केही भन्दा आलोचना हुने गरेजस्तै अहिले रास्वपामाथि केही भन्दा आलोचना र प्रश्न हुने गरेको उनले बताए। ‘नयाँ दल छ। विचार के छ थाहा हुँदै जाला,’ उनले भने, ‘हामीले रास्वपाको पत्रकार सम्मेलन हेरियो। प्रतिक्रिया दिइराख्नुपर्दैन। प्रेस अभिन्न अंग हो। यसमा समस्या पनि छ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर