भवनको मूलगेटमा पत्रकारहरू बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नु नपरोस् > पूर्वसभामुख नेम्वाङ

- माघ २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले ‘पत्रकार भेटघाट कक्ष’ संघीय संसद् भवनभित्र राख्नु पर्ने प्रस्ताव राखेका छन् ।
संसद् भवनको मूलगेटमा पत्रकारहरू बन्दुक तेर्स्याए जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो । उनले सो कक्ष दलका नेताहरू, सांसदहरू र संघीय संसद् सचिवालयका पदाधिकारीहरूलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने स्मरण गराए ।
उपाध्यक्ष नेम्वाङ पत्रकारहरूले संसद्को मूलगेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर