विदेश पठाई दिन्छु भन्दै ८ लाख ५० हजार रुपैयाँ ठग्ने महिला प्रहरीको फन्दामा
- माघ २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौँ ।
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थायी घर भई हाल काठमाडौँको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापा रहेकी नेपाल प्रहरीले जनाएको छ ।
थापालाई मंगलबार प्रहरीले सुकेधाराबाट पक्राउ गरेको हो । उनले लक्ष्मण शाहीलाई वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा खाना प्याकिङ्को काम लगाइदिन्छु भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ
स्लोभाकियामा मासिक डेढ लाख तलब हुने त्यहाँ जान ९ लाख रुपैयाँ लाग्छ भन्दै उनले पैसा लिएको भन्ने उजुरी परेपछि वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखामा पक्राउका लागि पत्राचार गरेको थियो । उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments