भारतको सर्वोच्च अदालत
सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका नागरिक भनेको सम्वन्धि फैसला सच्चिने

- माघ २५, २०७९ मा प्रकाशित



कासिन न्यूज,
काठमाडौँ ।

आयकर समबन्धि विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका नागरिक भनेको थियो ।
लेखिएको उक्त फैसला अदालतले सच्याउने भएको छ । सर्वोच्चको फैसलाविरूद्ध सिक्किममा पछिल्लो समय आन्दोलन चर्किएको थियो ।
सिक्किम राज्य सरकारले नेपालीभाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै रिट हालेको थियो।
रिटमाथि न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपालीभाषीलाई आप्रवासी भनिएको फैसला सच्याउने भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर