छैन सुरक्षा
अशान्त बन्दै राजधानी ः लुटपाट गर्ने उद्देश्यले गौशलामा बिरगंजका ध्रुवबहादुर खड्काको हत्या

- माघ २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।
देशमा अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले लिएका छन् । प्रहरी प्रशासनको अवस्था खस्किदो छ भने शान्ति सुरक्षाले प्रत्याभूती पाउन सकेको छैन् ।
अशान्तमय वातावरणको खोजीमा अहिले समाजका अराजकतत्व अगाडी बढिरहेका छन् । उता प्रहरी प्रशासन मौन छ ।
राजधानीमा दैनिक जसो लुटपाट र आतंकको माहोल बढ्न थालेको छ । जसको पछिल्लो उदाहरण हो मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत अवस्थामा भेटिएको पुरुष । प्रहरीको अनुसन्धान अनुसार निजको हत्या भएको खुलेको छ ।

सोही हत्या आरोपमा प्रहरीले मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । लुटपाट गर्ने उद्देश्यले थापाले हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए अनुसार हत्या भएको व्यक्तिको वीरगञ्ज घर भई टोखा बस्ने ध्रुवबहादुर खड्का रहेको छ ।

एसएसपी कार्कीका अनुसार थापाले खड्कासँग भएको नगद र सामान लुट्ने उद्देश्यले कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थापाले गौशालाको रुद्रनगर शान्ति मार्गमा खड्काको छातीमा दुबै खुट्टाले हानिरहेको नजिकैको सीसीटीभी फुटेमा पनि देखिएको प्रहरीले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर