राधा दिदीको पुस्तक
समाज परिवर्तनको साक्षीका साथै गुज्रेको समयलाई केलाइएको “समय चक्र”

- माघ २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

समाज, राजनीति र अध्ध्यन विधाको एउटा असली पात्र बनेकी राधा शर्मा “राधा दिदी” ले बिभिन्न माध्यमबाट समाज सुधारका कार्यहरु गरिरहेकी छिन् । प्राध्यापन पेशा भए पनि हरेक क्षेत्रमा गहिरो अध्धयन भएकी राधा दिदी अहिले आफनो जीवनमा भोगेका र आफूले पाएको मौकाहरुको बारेमा पुस्तक मार्फत रहस्य खोलेकी छिन् ।
हालै बजारमा आएको राधा दिदीको “समय चक्र” मा अनुभूति र जीवनका आधारहरुको बारेमा राम्रै खुलस्त गरेको पाइन्छ । नेपाली समाज र यस भित्रका कथाहरुको हरेक अंश सम्हालेको समय चक्रमा राधा दिदी जस्तो प्रध्यापकले पनि यस्तो अवस्थाबाट गुज्रनु परेको रहेछ भन्ने राधा दिदी कै लेखन शैलीबाट पढ्न पाइन्छ ।


राधा दिदीको समय चक्र पनि पनि यस्तै एक समय चक्र हो । यहाँ पनि कुरुक्षेत्र छ पृथ्वी छ । तारा र सूर्यहरु छन् । उज्यालो र अँध्यारो छ । समयका लागि घडी बाँधिरहे पनि समय सकिन्छ । यस्तै यहाँ पनि सम्बन्धका लागि सम्बन्ध गाँस्दा त्यही सम्बन्ध सकिएको कथा छ । समयको समय परिवर्तन भएको कहानी छ । समयको मापन गर्ने सूर्यको जस्तै घुम्दै हिँडेका समयहरु छन् । यो पुस्तक सकिनासाथ पढ्ने पाठकका मनमा यस्तै चक्र चल्दछ ।
कर्तव्यपथकी एक अविचलित योद्धा र पितृसत्ता विरूद्धको अविछिन्न सङ्घर्षको परीक्षामा खारिएकी एक जुझारु महिला अधिकारकर्मी र प्रेरणादायी व्यक्तित्व राधा दिदीले आफूले गहिराईलाई सरल र मिठो शैलीमा यो पुस्तक मार्फत पेश गरेकी छिन् ।
पुस्तकमा दुई खण्ड छन् । पहिलो खण्डमा क्रान्ति, आमाको दुःख, सरेको दुःख, तीर्थ, शिवपुरी बाबा, मुडुलो टाउकोजस्ता शीर्षकका निवन्धात्मक प्रस्तुति निकै रोचक छन् । विहे अर्काको घर, बिहेपछि, बुटवलबाट फर्केपछि, आमा भएँ म, घरमै विषालु सर्प पालिएपछि, स्त्रीहरु लहरा हुन् जस्तो अनेक शीर्षकमा राम्रा प्रस्तुती छन् । ती सबै प्रस्तुतीले एक एक गरेर समयको चक्र नापेका छन् । ती प्रस्तुतीहरुले केवल राधाको जीवनको समयको चक्र नभएर नेपाली समाजको वास्तविकताको मापन गरेका छन् ।
यसरी समय चक्र पुस्तक नेपाली समाज हेर्ने एउटा ऐना हो भने यसभित्र समेटिएका कथाहरु यो समाजले भोगेका तथ्यघटनाहरु हुन् । नेपाली समाज, समाजभित्र महिलाको अवस्था र स्थान थाहा पाउन घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको प्राध्यापक राधा देवी शर्माको २२४ पृष्ठ लामो समय चक्र नामको स्मरण पढ्दैपर्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर