सत्ता राजनीति
लामिछानेका कारण भय र अशान्तिको बादल मुनी ओली

- माघ २६, २०७९ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौँ ।

सत्तामा नरहे पनि सत्ताको साँचो आफनो कोटको बगलीमा राखेर सरकार नचाउने चतुर दाउमा लागेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाटकको एउटा चरित्रको अभिनय यात्रा सकिएको छ ।

बोलीको माध्यमले नागरिकको एउटा सच्च भक्त बन्न पुगेका पूर्व सञ्चारकर्मी, पूर्व उपप्रधान गृह मन्त्री एवं राष्टिÇय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछानेले जसै गएको निर्र्वाचनमा असोचनिय नतिजा हासिल गरे । उनको पछि सत्तामा हरेक क्षण पहेदारको भूमीकामा रहने नेपाल देशका नेताहरु सत्ता गठबन्धनको लागि लामिछानेको पछि लागेका थिए ।

भर्खर मात्र नेपाली नागरिक बनेका सभापति लामिछानेले नेपाली राजनेताहरुलाई आफनो २० सिटे साँसदहरुको तागत देखाउन छोडेनन् अर्थात जसका लागि कसर बाँकी राखेनन् । खाली कारण थियो रास्वपालाई जसरी भएपनि सत्ता पुर्याउने ।

सत्ता नेतृत्वको तालुकदारहरुलाई पनि जसरी आफनै नेतृत्व र आफैले समाएको लौरो चाहिएको थियो । लौरो समाउनको लागि जसरी राजनेताहरु लागि परेका थिए । सभापति लामिछानेले ऐन मौकाको फाइदा उठाउन किन छोड्थे । उनले पनि आफनो पार्टीलाई उपप्रधान एवं गृहको पगरि गुथाउनु पर्ने अड्डी कसी रहे ।
जसका लागि लामिछाने एक जिल्ला बाट अर्को जिल्ला दैनिक धाइरहे । अर्थात भक्तपुर जिल्लाको बालकोटमा रहेका नेपाली राजनीतिका अर्का चर्तुर खेलाडी एमाले अध्यक्ष ओलीलाई जसरी मनाउनु थियो । राजनीतिक हिसाबले ओली र लामिछानेको हैसियतमा केही कमि भएपनि बोलक्कडको हिसाबमा लामिछाने ओलीका चेला नै बनेका थिए ।

आफना परम गुरु एमाले अध्यक्ष ओलीलाई मनाएर उपप्रधान एवं गृह मन्त्रीको पद हत्याउन सफल भएका लामिछानेको मुखमा सर्वोच्चले नागरिकता प्रकरणको बिषयलाई लिएर बालुवा छिराई दियो । र लामिछानेलाई पदमुक्त गरायो । एमाले अध्यक्ष ओलीको कोटको बगलीमा प्वाल पर्न थाल्यो । अहिले ओलीको चिन्ता भनेको सत्ताको साँचो बगलीबाट झर्ने हो कि भन्ने मात्र हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भुलभुलैयामा पारेर राष्टÇपति देखी सभामुख सम्मको पदमा आफनो दलको सहभागीता देखाउन चाहेका ओलीका लागि लामिछाने ठूलै हतियार पनि थिए ।

यसरी ठूलो हतियार आफनो पञ्जाबाट फुस्कने भयले रन्थनिएका ओली लामिछानेलाई जसरी पनि सत्तामा टिकाई रहन चाहन्थे ।
जसका लागि ओलीले बालुवाटार नै पुगेर गैरसांसदका रूपमा ६ महिनाका लागि गृहमन्त्रीमा नियुक्त गर्न प्रचण्डलाई आग्रह पनि गरेका थिए । तर, सुरुदेखि लामिछानेलाई नरुचाएका प्रचण्डले गृहमन्त्रालय दिन नमान्दा स्वतन्त्र पार्टी सरकारबाटै बाहिरियो । जसको ठूलो रन्को पर्यो एमाले अध्यक्ष ओलीलाई ।

ओलीले ठूलो भरोसा गरेका र धेरै युवाहरूको साथ पाएका रवि सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनमा संकट उत्पन्न भएको छ । राप्रपाका मन्त्रीहरू विवादमा हुँदा प्रधानमन्त्री प्रचण्ड स्वयं पनि ओलीको पूरै विश्वास गर्न सकिरहेका छैनन् । जसकारण उनले प्रधानमन्त्रीमा विश्वासको मत माग्दा कांग्रेसलाई ‘कन्भिन्स’ गर्न सफल भएका थिए ।

सत्ताको साँचो आफनो बगलीमा रहेको सम्झिएका ओली अहिले प्रधानमन्त्री प्रचण्ड देखी पनि ससंकित छन् । ओलीले आफू माथि ज्यादामाथा पिचि गरे काँग्रेसलाई साथ लगाएर भएपनि सत्तामा टिकिरहने दाउमा अहिले प्रधानमन्त्री प्रचण्ड छन् ।

यी सबै डरलाग्दा जोखिम देखेर ओली प्रचण्डसँग निरन्तर वार्तामा छन् । बुधबार बालकोटमा भएको वार्ता सकारात्मक ठानिए पनि राष्ट्रपति चुनावमा सहमति जुटिसकेको छैन । माओवादीले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने निर्णय गरिसकेकाले बिहीबार बोलाइएको उच्चस्तरीय संयन्त्रको बैठकमा पनि ठोस सहमति हुने सम्भावना न्यून देखिन्छ ।
यसले ओलीको सत्ता संकट झन् बढ्नेछ भने प्रचण्डको चाहना नेपाली राजनीतिमा फेरि सत्ता गठबन्धन फेरिनेछ । त्यसका लागि केही हप्ताका राजनीतिक घटनाक्रम निर्णायक ठहरिनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर