भूमिका बिहिन भएपछि
चलचित्र विकास बोर्डका सल्लाहकारहरु राजीनामा दिँदै
- माघ २६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौँ ।
चलचित्र विकास बोर्डले विना सल्लाह र सुझाव विवादास्पद काम गरिरहेकामा बोर्डका सल्लाहकारसमेत असन्तुष्ट देखिएका छन् । एकपछि अर्को गर्दै सल्लाहकार समितिका सदस्यले राजीनामा दिने क्रम बढिरहेको छ। केही दिनअघि बोर्डका सल्लाहकार समिति सदस्य रवीन्द्र खड्काले बोर्डका गतिविधिप्रति असन्तुष्टि जनाउँदै फेसबुकबाटै राजीनामा गरेको घोषणा गरेका थिए ।
त्यस लगत्तै दीपाश्री निरौलाले पनि विकास बोर्ड अध्यक्ष सामु राजीनामा बुझाइसकेकी छिन् ।बुधबार भने बोर्डको सल्लाहकार समितिका संयोजक नीर शाहले नै राजीनामा दिएका छन् । उनले समय अभावको कारण देखाउँदै राजीनामा दिएको बेहोरो पत्रमा उल्लेख गरे पनि शाह पछिल्लो समयका बोर्डका गतिविधिप्रति असन्तुष्ट रहँदै आएको खबर थियो । खासगरि बोर्डले सल्लाहकारलाई जानकारी पनि नदिई दुबईमा फेस्टिभल गर्न लागेकोमा सदस्यहरू चकित परेका थिए ।
बुधबार नै समिति सदस्य सुशान्तकुमार श्रेष्ठले पनि राजीनामा बुझाइसकेका छन् । उनले पनि बोर्डको सल्लाहकारको रुपमा कुनै भूमिका नै नभएको महसुस गरी राजीनामा दिएको बताएका छन् ।
बिहीबार बिहान आकाश अधिकारीले पनि राजीनामा दिने तयारी गरिरहेका छन् । उनले बिहीबार बिहानै बोर्ड अध्यक्षसमक्ष राजीनामा पठाउने तयारी गरिरहेको जानकारी गराएका छन् । बोर्ड अध्यक्ष भएलगत्तै भुवन केसीले दर्जन हाराहारी फिल्मकर्मीलाई सल्लाहकार नियुक्त गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments