उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

- माघ २६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौँ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बस्ने भएको छ । बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।

संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।
सो भेटवार्ता पछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बिहान ९ बजे बैठक बस्ने जानकारी दिए ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिइसकेको छ । यद्यपी उसले सरकारको समर्थन भने कायमै राखेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर