निधन
साँसद डा. भण्डारीको कम्मरदेखि तलको भाग जल्यो ः बिष्फोटमा परि उनकी आमाको निधन

- फाल्गुन ४, २०७९ मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी आमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकोमा भण्डारीको आमाको उपचारको क्रममा निधन भएको छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए ।
भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान कीर्तिपुर अस्पतालले सिफारिस गरेको थियो । हालको श्रोत र साधनको अवस्थामा उनीहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न अस्पतालले सिफारिस गरेको हो ।
भण्डारीको कम्मरदेखि तलको भाग जलेको छ । उनको करिब २५ प्रतिशत भाग जलेको छ । भण्डारीकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर