सांसद भण्डारी आगलागी काण्ड
ग्याँस सिलिण्डर विस्फोट नभई कसरी भयो आगलागी ?
- फाल्गुन ४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भुइँ तल्लामा धेरै धुवाँ थियो । कांग्रेस नेता चन्द्र भण्डारी छटपटाउँदै प्यासेजतिर आउँदै थिए । उनकी आमा हरिकला भान्सा बाहिरको एक कुनामा कपडा जलेको अवस्थामा लडिरहेकी थिइन् । भने भण्डारी पनि घाइते भएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी छ ।
चन्द्र साढे ९ बजेतिर चन्द्र घर फर्किएका थिए भने उनलाई कांग्रेस नेता एनपी साउदले गाडीमा घरमै छोडेका थिए ।
आगोले जलेको अवस्थामा हरिकला र चन्द्रलाई बुधबार राति कीर्तिपुर अस्पताल पु¥याइएको थियो । अस्पतालका अनुसार शरीरको २५ प्रतिशत भाग जलेका भण्डरीलाई साढे १० बजेतिर अस्पताल पु¥याइएको थियो । चन्द्र र उनकी आमा हरिकला बुद्धनगरस्थित भाइको घरमा बस्थे ।
चन्द्र भण्डारी बुधबार राति नेपाली कांग्रेसका नेता सबुज बानियाको छोराको बिहेमा गएका थिए । उनी उतै खाना खाएर आउने भएकाले भान्सामा केही पाकेको थिएन । त्यसको केहीबेरमा ठूलो बिस्फोटको आवाज आयो । भाइ हरिहर र बुहारी दौडिँदै तल्लो तल्लामा झरे ।
।भान्सामा ग्यासको चुल्हो जस्ताको त्यस्तै छ । सिलिण्डरमा रेगुलेटर र पाइप पनि जोडिएकै अवस्थामा छ । चुल्हो बाहिर रहेको ग्यासको सिलिण्डर पनि राम्रै अवस्थामा थियो ।
घरको भान्साको ढोका फुटेको छ । झ्यालको सीसा फुटेको छ । भान्सा बाहिरको सानो स्टोरमा लगाइएको युपीभीसीको छानो उडेको छ भने ढोकाको सीसा पनि फुटेको छ ।
सुरूमा आगलागी र ग्याँस सिलिण्डर विस्फोटका कारण चन्द्र र उनकी आमा हरिकला जलेको प्रहरीले बताएको थियो । तर बिहीबार विहान उनको घरमा पुग्दा ग्याँस सिलिण्डर विस्फोट नभएको पाइएको छ ।
चन्द्रका भाइ हरिहर गुहार–गुहार भन्दै सहयोग मागिरहेका थिए । छिमेकी घरमा छिर्दा चन्द्र भण्डारी कपडा जलेको अवस्थामा कुर्सीमा बसेर मलाई बचाउ भन्दै याचना गरिरहेका थिए ।
।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments