सामाजिक सञ्जालको दुरुपयोग गर्ने रौतहटका हरिप्रसाद विमानस्थल बाट प्रहरीको फन्दामा
- फाल्गुन ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नियमित सामाजिक सामाजिक सञ्जाल फेसबुक र टिकटकमा जोडिरहने बानी परेका रौतहटका हरिप्रसाद यादव दुई वर्ष अघि मात्र रोजगारीको मलेसिया पुगेका थिए ।
विदेशमा रहँदा मन भुल्ने साथी टिकटकलाई बनाएका उनले बिस्तारै आफ्नो फोटो जोडेर भिडियो बनाउन थाले । टिकटकमा आफ्नो मात्र फोटो जोडेनन् । बिस्तारै अन्य मानिसका पनि फोटो जोड्न थाले । उनले आफ्नो सहोदर बहिनीको फोटो हालेर नियमित टिकटक चलाउन थाले । फोटो हाल्दा चरित्रहत्या गरी फोटो नियमित हाल्न थाले ।
हरिप्रसादले अश्लिल शब्द प्रयोग गर्दै बहिनी र आफन्तलाई पीडा दिन थाले । बहिनीका आफन्तलाई समेत मानसिक तनाव दिन उनी लागिरहे । पीडितले पनि कानुनी उपचारको बाटो खोज्ने उपाय खोजे ।
केही समयअघि बहिनीका आफन्तसहित पीडितहरू भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगे । प्रहरीले उक्त टिकटक र प्रयोगकर्ताको खोजीमा लागिरह्यो । अनुसन्धानकै क्रममा टिकटक विदेशबाट चलाएको ब्यूरोले पत्ता लगायो ।
वैदेशिक रोजगारीमा मलेसिया पुगेका हरिप्रसाद केही समय अघि मात्र फर्कने पीडितका परिवारले प्रहरीलाई जानकारी गराए । नियमित सम्पर्क र उनको खोजीमा ब्यूरो लागिरह्यो ।
रौतहट देवाही नगरपालिका ८ हरिप्रसाद बुधबार स्वदेश फर्के । तर, उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिविमानस्थलबाट नियन्त्रणमा लियो ।
फागुन ४ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको ब्यूरोले जनाएको छ । उनलाई अनुसन्धान गर्न थप ५ दिनको म्याद लिएको ब्यूरोको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments