खेल/क्रिकेट
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल बिजयी
- फाल्गुन ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँग तीन विकेटले पराजित भएपछि पेभेलिएनबाट टोलीसँगै मैदान जानेक्रममा स्कटल्यान्डका खेलाडीले नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसँग हात नमिलाएका हुन् ।
शुक्रबार भएको खेलमा जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा ८ चौका र १ छक्कासहित ८५ रनमा अविजित रहे । बायाँ हाते अलराउन्डर कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेले ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो ।
स्कटल्यान्डका सातौं नम्बरका ब्याटर माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सानदार अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments