दुःखमा महिला पत्रकार
विश्वमा पहिरन, हाउभाउ र संवेदनशील अंगलाई लिएर महिला पत्रकार माथि अत्याचार बढ्दो
- फाल्गुन ६, २०७९ मा प्रकाशित
एजेन्सी ।
‘मेरा पुरूष सहकर्मीहरू पनि दुर्व्यवहारमा पर्छन् तर उनीहरूको राजनीतिक विचार फरक रहेमा मात्रै ती समूहले दुर्व्यवहार गर्नेहुन्। महिलाको सवालमा भने हाम्रो पहिरन, हाउभाउ र संवेदनशील अंगलाई लिएर उनीहरूले दुर्व्यवहार गर्छन्’, महिला पत्रकार गारिदा फारूकी भन्छिन्।
पाकिस्तानको राष्ट्रिय सञ्चारमाध्यमबाट राजनीति र राष्ट्रिय सवालका समाचार निर्माण तथा प्रस्तोताको काम गरिरहेकी फारूकीको यो अनुभव विश्वभर महिला पत्रकारहरूमाथि हुने दुर्व्यवहारको एउटा नमूना मात्रै हो। विश्वभर हजारौं महिला पत्रकारले यस्ता समस्या व्यहोरेका छन्। कतिपय अवस्थामा उनीहरू प्रेस छोड्न समेत बाध्य भएका छन्।
महिला पत्रकारहरूमाथि भएका यस्ता घटनाबारे समाचार नआएका होइनन्। तर त्यसले प्रभाव नै नपारेको झैं स्थिति छ। बढ्दै गएका यस्ता दुर्व्यवहार हेर्दा यस्तो लाग्छ, ती विषयमा समाचार नै बनेका वा बहस नै भएका छैनन्। पत्रकारिता जुन देश वा महादेशमा छ ती सबैमा महिला पत्रकारहरू असुरक्षित झैं छन्।
यौनसम्पर्कका तस्बिर पोस्ट गरे। यस्ता दुर्व्यवहार भोगिरहेकी प्रतिनिधि पात्र मात्रै हुन्, फारूकी। विश्वभरका महिला पत्रकारहरूले कहीं न कहीं फारूकीको झैं समस्या व्यहोरिरहेका छन्।
राष्ट्रसंघीय निकाय युनेस्को र पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था आईसीएफजेले संयुक्त सर्वेक्षण गरेका थिए। सन् २०२१ मा २१५ मुलुकका ७१५ महिला पत्रकारहरूमाझ गरिएको थियो। उक्त सर्वेक्षणले प्रत्येक ४ जनामध्ये ३ जनाले कार्यस्थलमा दुर्व्यवहारका साथै अनलाइनबाट दुर्व्यवहार व्यहोरेको बताएका थिए। यता प्रत्येक १० मध्ये ४ जनाले दुर्व्यवहारकै कारण आफ्नो पेशागत जिम्मेवारी पालना गर्न नसकिएको बताएका थिए। उनीहरूले प्राइमटाइम प्रस्तोताको अवसर नपाएको देखि कतिपय मुख्य समाचारहरूमा क्षमताका बावजुद लेख्ने अवसर नदिएको बताएका थिए।
सर्वेक्षणको प्रतिवेदनले महिला पत्रकारहरूलाई लक्षित गर्दै हुने यस्ता दुर्व्यवहारले अन्तर्राष्ट्रिय तवरमै प्रेस स्वतन्त्रतालाई चुनौती दिएको उल्लेख गरेको छ। घटनामा संलग्नलाई कारबाही नहुँदा दण्डहीनताको प्रोत्साहन भएको लेखिएको छ। ‘यस्ता गतिविधि महिलाहरूको अपमानका लागि हुने गरेका छन्। यसले महिला पत्रकारहरूलाई मानसिक रूपमा समस्यामा मात्रै पारेको छैन पत्रकारितालाई आवाजविहीनहरूको आवाज बन्न चुनौती खडा गरिरहेको छ’, प्रतिवेदनमा उल्लेख छ।
कतिपय राष्ट्रमा महिला पत्रकारहरूले नै सरकारका अनियमितता, भ्रष्टाचार र धर्मगुरुहरूका कर्तुतमाथि अनुसन्धान गरेर समाचार तयार गरेका छन्। तिनै पात्रहरू अनलाइन दुर्व्यवहारको शिकार भइरहेका छन्। चरमपन्थी समूहले उनीहरूलाई कमजोर बनाएर आफू बलियो बन्ने मनसायले महिला पत्रकारहरूमाथि दुर्व्यवहार गरिरहेछन्।
फरबिडन स्टोरिज पेरिसमा रहेको खोज पत्रकारिता सम्बन्धी संस्था हो। यसले स्टोरी किलर नामक परियोजनामा काम गरिरहेको छ। विश्वभर हत्या गरिएका वा धम्की खेपेका सम्पादक वा संवाददाताका बारेमा यसले काम गर्छ।
सन् २०१७ मा भारतमा राजनीतिक उग्रवाद र दुष्प्रचारका विषयमा आवाज उठाउँदै आएकी सम्पादक गौरी लंकेशको गोली प्रहार गरी हत्या भएको थियो। त्यो घटना घटेदेखि यता फरबिडन स्टोरिजले स्टोरी किलर परियोजनाको सुरुवात गरेको हो। यो परियोजनामा विश्वभरका ३० प्रतिष्ठित मिडियाका १०० पत्रकार आवद्ध छन्।
सामाजिक सञ्जालबाट नै पत्रकारहरूमाथि दुर्व्यवहार बढ्दो छ। अनलाइनबाट यस्ता धन्दा गर्नेहरूले निश्चित पात्रलाई निशाना बनाउँछन्। त्यसपछि ती पात्रलाई मात्रै होइन तिनका परिवारलाई समेत धम्की दिन्छन्। चरमपन्थी समूहको निशानामा परेका पत्रकारहरूलाई समाचार संस्थाहरूले विभिन्न अवसरबाट वञ्चित गराएको अनुसन्धानले समेत देखाएको छ।
सन् २०१९ मा फारूकी अनलाइन आक्रमणको शिकार भएकी थिइन्। न्युजिल्याण्डको क्राइस्ट चर्चको आक्रमणकारी एक वर्षअघि पाकिस्तान आएको उनको ट्वीट थियो। आतंकवादी गतिविधिमा पाकिस्तानलाई मुछेको भन्दै उनलाई अपहरणदेखि बलात्कारसम्मको धम्की दिइयो। उनलाई आएको धम्कीको प्रतिवाद गर्दै आईसीएफजे एम्नेष्टी इन्टरनेशनलले विज्ञप्ति निकालेको थियो। फारूकीलाई लगातार चार महिनासम्म यस्ता धम्की आएका थिए। उनले अफिस जानका लागि मात्रै घर छाड्थिन्। कार चढ्दासमेत उनी सतर्क हुन्थिन्।
गत अक्टोबरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पनि फारूकीबारे अभिव्यक्ति दिए। ‘यदि उनले पुरूषप्रधान समाजलाई आक्रमण गर्न खोज्छिन् भने उनले त्यस्तो नियति भोग्नैपर्छ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments