निति परिवर्तनको पर्खाइमा
इजरायल, कोरीया, जापान र मलेसियालाई सरकारले आफनो पोल्टामा राखेपछि म्यान पावर व्यावसायीहरु मारमा

- फाल्गुन ६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इजरायल, कोरीया, जापान र मलेसिया अहिले बैदेशीक रोजगारीको लागि चर्चित गन्तव्य स्थल बन्न थालेका छन् । यी चारै मुलुकमा रोजगारीको लागि जानेहरुको लर्को लामो नै हुन्छ ।
आर्थिक आय आर्जनको दृष्टिकोणले राम्रो मानिएका यी मुलुकहरुमा बिगतमा देशका बैदेशीक रोजगारीका लागि रोजीएका संस्थाहरुबाट (म्यान पावर) कम्पनि बाट सहज तरिकाले लाने गरिन्थ्यो । यि मुलुकहरुमा रोजगारीको जानेहरुको लर्को लामै हुन्थ्यो ।
गनिएका चुनिएका म्यानपावर कम्पनिहरुले सहज तरिकाले कामदारहरुलाई पठाएर रेमिट्यान्स मार्फत देशको आर्थिक अवस्थालाई सबलताको गतिमा लगेको उदाहरणहरुको फेरीस्त लामो नै थियो ।
अहिले त्यो अवस्था नरहेको म्यानपावर कम्पनिका सञ्चालकहरु बताउन थालेका छन् । देशको आर्थिक सबलताको आधा हिस्सा ओगटेको यो व्यवसाय थला पर्न थालेकोमा व्यवसायीहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।
सहज र सुक्ष्म गतिमा चलिरहेको यो व्यवसायमा एक्कासी किन कालो बादल मडारिन थाल्यो भन्दा जो कोही लाई चिन्ता बढ्न थाल्नु स्वभाविक हो । पूर्ण रुपमा बैदेशीक रोजगारीका माध्यमलाई चुनेको हाम्रो जस्तो मुलुकको आर्थिक उर्पाजनको स्रोत भनेको बिदेश बाट आउने रेमिट्यान्स भन्दा पनि हुन्छ ।
तर अहिले यही व्यवसाय माथि अंकुस लगाउने कार्य हुन् थालेकोमा व्यवसायीहरुको टाउको दुखाई बन्न पुगेको छ ।
बिभिन्न बहाना बाजीमा व्यवसाय माथि अंकुस लगाउने कार्य अन्य कुनै निकायबाट नभएर नेपाल सरकार बाट नै भएकोमा चिन्ता प्रकट गर्न थालेका छन् व्यवसायीहरु ।

हाल सम्म नेपालमा ८ सय ८० को हाराहारीमा यो व्यवसायीक संस्थाहरु खुलेका छन् । नेपाल सरकारलाई २ करोड धरौटी राखेर खोलीएका यस्ता बैदेशीक रोजगारीका लागि कामदार पठाउने संस्थाहरुमा सरकारी निकायबाट गिद्धे दृष्टि हुनु भनेको देशको आर्थिक अवस्थालाई कमजोर बनाउने खेलो मात्र भएको व्यवसाय सँग सम्वन्धित बिज्ञहरु बताउँछन् ।
बिभिन्न माध्यमले २ करोड जोडजाम गरेर धरौटी बुझाएका यस्ता संस्थाहरुलाई बढ्वा दिनुको साटो सरकारी पक्षबाट यसलाई मास्ने कार्य हुन थालेकोमा सम्वन्धित पक्ष चिन्तित हुन् थालेको छ ।
अहिले व्यवसायले बजार नपाएर मर्नु र बाँच्नुको अवस्थामा पुग्न थालेका व्यवसायीहरुको भित्री समस्या निकै दर्दनाक छ ।
जसको कारण हुन यी चार मुलुक इजरायल, कोरीया, जापान र मलेसिया जसलाई अहिले सरकारले आफनो अधिनमा राखेर फ्रि भिसा, फ्रि टिकटको अवधारणालाई ल्याएर जसरी व्यवसायीहरुको घाँटी अठ्याउने कार्य भएकोमा यसले राम्रो नतिजा नदिने संकेतहरु देखा पर्न थालेका छन् ।
कोरिया र इजरायल मा सरकार आफै कामदार पठाउँदै आएको छ , जसमा लागत करिब एक लाख भन्दा माथि आउँछ भने अन्य मूलक, जस्तै मलेसिया, जापान जस्तामा पनि आफै कामदार पठाउने चलखेल गर्दै छ । यता मेनपावर व्यवसायीहरुलाई भने फ्री भिसा फ्री टिकट मा कामदार पठाउनु पर्ने कानुनी बाध्यता रहेको छ ।
देशको आर्थिक अवस्थालाई राम्रै टेवा दिने यस्ता संस्थाहरु माथि किन सरकारको हेर्ने दृष्टि फरककोण देखा पर्न थाल्यो । स्वयं व्यवसायीहरु नै सोचमा छन् । उता सरकार भने गएका मानिसहरु फिर्ता आएको, पठाइएको कम्पनिमा काम नदिएर अन्यन्त्र नै काम गर्न पठाएको, कामदारहरुलाई बिच्चली पारेको जस्ता कुराहरु निकालेर पन्छिने प्रयास गर्छ ।
तर यस भित्र ठूलो खेलो भएको आकलन व्यवसायीहरु गर्छन । कति व्यवसायीहरुले आफनो धरौटी रकम फिर्ताको लागी आवेदनको तयारी पनि गरिरहेका छन् । यो प्रक्रिया पनि त्यति सहज छैन । धरौटी राख्दा जति सहज तरिकाले राख्ने गरिन्थ्यो फिर्ता लिँदा त्यति नभएको बताउँछन् व्यसायीहरु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर