भगवान शिव सँग टाँसिएको गाँजाको महत्व

- फाल्गुन ६, २०७९ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

जय शम्भो, जय शम्भो, जय शम्भो यो शब्द सँग अहिले आधुनिक समाजका रचनाकारहरु एक दम नजिक छन् । मेरा साथीहरु भन्थे अल्कोहल–रक्सी) भन्दा म्यारीवना –गाँजा) प्यारो ।
बुझ्दै जाँदा अहिलेको आधुनिक समाज जो बाह्यि माहोलमा रमाउन चाहदैन् । भन्नुको मतलव उ आफनो जीवन आफै व्यतित गर्न चाहन्छ । त्यो वर्गको प्रिय पात्र बनेको छ अहिले गाँजा । गाँजा नाम लिँदा नै मानिसहरुको भनौ समाज बुझेका बुजु्रकहरुको टाउको दुखाई हुन्छ ।
भने म्यारीवनाको दुखान्त क्षणलाई भन्दा पनि सुखान्त क्षणलाई पनि उत्तिकै सोचिने गरिएको छ । गाँजा मुक्त समाजको निर्माणमा अहिले विभिन्न अभियन्ताहरु लागि परेका छन् भने यसको पछाडी र यसलाई व्यापारिक प्रयोजनमा सुलभ प्रयोग गर्न दिनु पर्ने माग प्रतिनिधिसभा समेत उठीरहेको छ ।


२०७६ साल फागुन १९ गते नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद शेरबहादुर तामाङले वर्तमान संसदको पहिलो गैर सरकारी विधेयकका रुपमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक दर्ता गरेका थिए । उक्त विधेयकमा नेपालमा गाँजा खेती खुल्ला गरी त्यसबाट औषधिको उत्पादन, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजनका लागि उपलब्ध गराई ती उत्पादन विदेश निर्यात गर्ने प्रस्ताव गरिएको छ ।
लागु औषध सम्बन्धी कडा कानुन रहेको थाइल्याण्डले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ । सन् २०१८ मा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुमति दिएको थाइल्याण्डले अब खेति र सेवनलाई पनि खुल्ला गरेको हो । यसअघि औषधिजन्य प्रयोजनका लागि मात्र गाँजा खेति खुल्ला थियो ।
बिगतमा देखीएका ह्पिी युगको झल्को आउँछ भन्दै थिए एक रिर्टायड नेपाल एअरलाइन्सका पुरुष स्टेवार्ड । आफनो समयमा गाँजालाई स्वभाविक अंग बनाएका यि रिर्टायड म्यानको आफनो तन्दुरुस्ती र स्वस्थताको पहिलो पहिचान भनेको गाँजा रहेछ ।
नाम लिने बित्तिकै मानिसको मष्तिकमा एक प्रकारको नकरात्मक सोच –नेगेटिभ भ्यू) ले बास गर्छ । प्रायः मानिसहरु यसको नाम लिनै चाहदैनन् । तर यो जसरी अगाडी आईरहेको छ । यसको कुनै पुसतान्तरण नै छैन् । हरेक पुस्तामा सल्बलाएको छ गाँजा । तर मानिसहरुले यसलाई लागू औषधको ठूलो संञ्जालको रुपमा प्रयोग गरिरहेको पाइन्छ ।

मानिसको जीवन पद्धतिसँगै जोडिन पुग्ने हरेक अम्मल तथा लागु पदार्थले हरेक व्यक्तिमा दिने जोखिम समय, खर्च र प्रविधिको सार क्षमताको सन्दर्भले व्यावहारिक हुँदैन । तसर्थ कुन अम्मल, लागु पदार्थले आदिले कुनै अमुक व्यक्तिलाई कस्तो जोखिम दिन्छ भन्ने कुरा सामान्यीकरण गर्न सकिने अवस्था समेत रहँदैन ।
त्यसैले व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्थाको –गर्भवती, दूध–चुसाउने आमा, तौल समूह आदि) आधारमा अम्मली अथवा लागु पदार्थको सुरक्षित सेवनको अधिकतम मात्रा निर्धारण गरिन्छ ।
औषधीय तथा लागु पदार्थको वैज्ञानिक रूपमा निश्चित गरिएको अधिकतम –वा न्यूनतम) मात्रा जसको सेवनले विषाक्तताको जोखिम नगण्य रहने यकिन हुन्छ त्यसलाई औषधि विज्ञानमा टक्सिकोलोजिकल थ्रेसहोल्ड भनिन्छ ।
प्रायः व्यक्तिको उमेर समूह, लिङ्ग र शारीरिक अवस्थाको आधारमा लागु तथा अम्मल पदार्थहरूको टक्सिकोलोजिकल थ्रेसहोल्ड निर्धारण गरिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर