पूर्वराजा ज्ञानेन्द्र शाहको सहकार्यको प्रस्ताव अस्वाभाविक उहाँको रहर मात्र हो > राजनीतिक दलका नेता
- फाल्गुन ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पूर्वराजा शाहको सहकार्यको प्रस्ताव स्वाभाविक नभएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र शाहको सहकार्यको प्रस्ताव स्वाभाविक छैन । राजनीतिक दललाई सहकार्यका गरौं भन्नु उहाँको रहर होला ।’
तर यसको आवश्यकता र औचित्य नभएको नेता पौडेलको जिकिर छ । उनी भन्छन्, ‘नेपालमा राजसंस्था अब एउटा अतित मात्र हो । जुन संस्था नै इतिहास भइसक्यो, उसैसँग के को सहकार्य ?’
नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि पौडेलको धारणासँग मिल्दोजुल्दो टिप्पणी गरे । उनले पूर्वराजा शाहको अभिव्यक्तिप्रति सम्मान गरे पनि राजसंस्था नेपालमा इतिहास भइसकेको बताए । ‘संविधानले उहाँलाई पनि अरु नागरिक जस्तै अधिकार दिएको छ । उहाँका आफ्ना कुराहरु होलान् । उहाँको चाहना, उहाँको अभिव्यक्तिलाई सम्मान गर्छु । तर राजतन्त्र भन्ने त अब इतिहास भयो,’ उनले भने ।
सम्मानका साथ राजसंस्थासँग सहकार्य गर्ने भन्ने कुनै प्रसंग बाँकी नरहेको नेम्वाङको तर्क छ । ‘राजसंस्था इतिहासको सन्दर्भ भइसक्यो । इतिहासलाई सम्मान गरिन्छ । सहकार्य कसरी हुन्छ होला ?’ उनको प्रश्न छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments