चलचित्र
एक व्यक्ति अनेक रुपका धनी देवकोटा “छक्का पञ्जा ४” चलचित्र मार्फत बजारमा आउँदै
- फाल्गुन ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कहिले चलचित्र, कहिले नाटक त कहिले गीत लेखन जस्ता अनेक रुपमा प्रस्तुत हुने क्षमता राख्ने व्यक्ति हुन् सुशील देवकोटा ।
अहिले अनेक विधाका धनी देवकोटा आगामी १९ गते आउने चलचित्र “छक्का पञ्जा ४” मार्फत चलचित्रको बजारमा छाउने भएका छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको सिरियल ‘‘गौरी’‘ को कथा, पटकथा र संवाद र सिरियल मेरो कथाको कथा, पटकथा र संवाद पनि लेखिरहनुभएका देवकोटा चर्चित कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पन्जाको सिक्वेल “छक्का पन्जा ४” मा पनि प्रमुख भुमिकामा रहेका छन् ।
छापा माध्यम, रेडियो हुँदै कुनै बेला नेपालको पहिलो स्याटलाइट च्यानल “ च्यानल नेपाल” बाट प्रसारण हुने “ सिनेमा संसार” कार्यक्रमको निर्माता ÷ निर्देशक र संचालकको रुपमा आफ्नो परिचय बनाई सकेका छन् देवकोटाले ।
सावधान, मानिस, अल्पविराम लगायत अन्य धेरै चलचित्रमा काम गरिसकेका सुशील देवकोटाले चलचित्र लेखकको रुपमा पनि आफ्नो परिचय बनाएका छन् । चर्चित नृत्य निर्देशक राजु शाहले चलचित्र निर्देशकको रुपमा डेब्यू गरेको चलचित्र “सपनाको नौलो संसार” को कथा, पटकथा र संवाद पनि लेख्न भ्याएका रहेछन् ।
”जिन्दगीको अन्तिम साससम्म नेपाली चलचित्र क्षेत्रमा नै समर्पित रहने आफ्नो इच्छा र चाहना भएको बताउने देवकोटा अब चाडै नै अर्को एक भोजपुरी चलचित्र र सिरियलमा अभिनय गर्ने र नेपाली चलचित्र लेखन कार्यलाई अगाडि बढाउने” बताउँछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments