को को बन्दैछन् एआईजी ?
नेपाल प्रहरीमा डिआईजी बाट एआईजीमा बढुवाको तयारी
- फाल्गुन ७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सरकारको गृह मन्त्रालयले सुरक्षा निकाय हेर्ने नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको तयारी गरेको छ ।
अहिले रिक्त रहेको ५ एआईजीहरुको बढुवाको फाइल तयारीको लागि प्रहरी मुख्यालय लागि परेको छ ।
सोमबार बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको प्रहरी स्रोतले जानकारी दियो । अहिले ५ एआईजीहरुको पद रिक्त छ ।
बढुवाका प्रतिस्पर्धीहरु अहिले विभिन्न प्रदेश तथा विभागहरुको जिम्मेवारी लिएर बसेका छन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले गृह मन्त्रालय सम्हालेका छन्् ।
५ एआईजी मध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा एआईजी बढुवा निकै पेचिलो बनेको छ।
बढुवाको टप ‘थ्री’ मा रहेका डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य पनि हालका आईजी धीरज प्रताप सिंहसँगै आउँदो चैत ११ गते अवकाशमा जाने भएकाले त्यो भन्दा पछिल्लो ब्याचका डीआईजीहरुबाट एआईजी बढुवा गर्ने तयारी सरकारले गरेको छ।
गत असारसम्म एसएसपीमा रहेर डीआईजीमा बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन्। उनीहरु सबै एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments