•  २५ पुष २०८१, बिहीबार

प्रविधिको बिकास
इन्टरपोलको टाउको दुखाई बन्न थालेको मेटाभर्स भर्चुअल रियालिटी

- फाल्गुन ८, २०७९ मा प्रकाशित


एजेन्सी ।
जसरी सन् १९८० को दशकमा जब मोवाइलको सुरुवात भएको थियो । त्यति हातमा नअट्ने मोवाइल मानिसहरुले प्रयोग गरिरहेका थिए । त्यही मोवाइल नै अहिले स्र्माट फोनको रुपमा परिभाषित हुन् थालेको छ ।
त्यही इन्टरनेटको भविष्य बोकेको मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरुप बन्न थालेको छ । जसरी डिजिटल प्रविधिको क्षेत्रमा प्रवेश गर्न कम्युटरलाई माध्यम बनाइने गरिन्छ । त्यस्तै मेटाभर्समा उसको क्षेत्रमा प्रवेश गर्नको लागि टाउकोमा लगाउने उपकरण प्रयोग गरिन्छ ।


मेटाभर्सलाई एक अनुसन्धानले आफनो सोचमा मात्र राखेको छ । त्यसैले यसको परिभाषा बाहिरीएको छैन् । भर्चुअल रियालिटीलाई मेटाभर्स भन्नु गुगललाई इन्टरनेट भनेजस्तै मात्र हो । अहिले मेटाभर्सको माध्यमबाट छिटफुट अपराधहरु हुन् थालेकोले विश्वका प्रहरीहरूबीच सहकार्यमा
सहजीकरण गर्दै आएको इन्टरपोलको टाउको दुखाई भएको छ । अहिले इन्टरपोलले मेटाभर्समा अनुशन्धानको पाटोलाई प्रवेश कसरी गराउने भनेर सोचीरहेको छ ।

यो त्यस्तो ठाउँ हो जहाँ भर्चुअल दुनियाँको खेल हुन्छ । तर यो भर्चुअल अर्थात कृत्रिम दुनियाँमा वास्तविक जीवनका समस्याहरू पनि छन्। सन् २०२२ मा भएको एक अनुसन्धानले भर्चुअल रियालिटी खेलहरूमा पनि मौखिकका साथै यौन दुर्व्यवहार समेत हुने गरेको पत्ता लगाएको थिया े। गत वर्ष अभियानकर्मीहरूले मेटाको भर्चुअल रियालिटी माध्यम होराइजन वर्ल्डमा २१ वर्षे अनुसन्धाताको अवतारमाथि यौन हिंसा भएको बताएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर