खेल/क्रिकेट
ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

- फाल्गुन ८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नामिबियाले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नामिबिया सुरुवाती तीनै खेलमा पराजित भएको छ । नामिबिया अन्तिम खेलमा स्कटल्यान्डलाई हराउन चाहन्छ । स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्ड च्याम्पियन बनि सकेको छ । नामिबियालाई शीर्ष तीनमा पर्न बाँकी तीन खेल जित्दै युएईको खेलमा निर्भर हुनुपर्ने हुन्छ ।
नामिबियाविरुद्ध सानदार शतक हानेका स्कटल्यान्डका जर्ज मुन्शे आजको खेलमा पनि बेन्चमा छन् । मुन्शे नेपालविरुद्धको खेलमा पनि बेन्चमा थिए । स्कटल्यान्डले ताहिर हम्जालाई आजको खेलमा बेन्चमा राखेको छ ।

चोटका कारण नेपालविरुद्ध डेब्यू गरेका ज्याक जर्विस पनि आजको खेलमा बेन्चमा छन् । लियाम नेलरले आजको खेलमा डेब्यू गरेका छन् । नामिबियाले माइकल भान लिंगेनलाई बेन्चमा राखेको छ । उनी नेपालविरुद्धको खेलमा बेन्चमा थिए ।
स्कटल्यान्डको प्लेइङ ११ ः
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याथ्यु क्रस, क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, लियाम नेलर, शफ्यान शरिफ र मार्क वाट् ।
नामिबियाको प्लेइङ ११ः
जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर