कलाकारहरुलाई अपशब्द प्रयोग गरेको आरोपमा विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी प्रहरीको फन्दामा

- फाल्गुन ८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ।
थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
रेग्मीलाई नियन्त्रणमा लिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले पुष्टि गरे भने साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध भने म्याद थप गर्न भने बाँकी रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर