साधु बिदाई
वरिष्ठताका आधारमा रुद्राक्षको माला र दक्षिणा दिएर बिदाई गरिंदै

- फाल्गुन ८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाइ गरिने कार्यक्रम तय भएको छ ।
कम्तीमा पनि ४ हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषले जनाएको छ । शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ। भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ।
साधुसन्तको दक्षिणाका लागि रु आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ। यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ।
यसैगरी महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा सङ्कलन भएको भेटिको गणना कार्य पनि आइतबारबाट सुरु भएको छ । गणना सक्न भने ५–६ दिन लाग्नेछ। यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र ७ लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर