ठेकदार कम्पनीले सोमबार दिउँसोदेखि आफैले ढाट बन्द गर्यो
- फाल्गुन ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
इलाका प्रहरी कार्यालय गैंडाकोट नजिकै रहेको ढाट ठेकदार कम्पनीले सोमबार दिउँसोदेखि आफैले बन्द गराएको छ । बिगत देखी सो ढाट मार्फत पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधानलाई रोकेर पैसा उठाउने गरिन्थ्यो ।
नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नगरक्षेत्रभित्र कवाडी कर संकलन गर्न भन्दै गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग गत १४ मंसिरमा सम्झौता गरेको थियो ।
गैंडाकोटमा उत्पादन भई बाहिर निकासी हुने कवाडीजन्य २१ वटा वस्तुमा कर उठाउन पाउने भनिए पनि पूर्वपश्चिम राजमार्गमा गुड्ने सबैजसो मालबाहक गाडीसँग कर उठाउन थालेपछि आलोचना भएको थियो । ढाटमा बस्ने युवाहरुले भैरहवातिरबाट आउने र नारायणगढतिरबाट जाने ट्रकहरुसँग पनि रकम असुल्ने गरेका थिए ।
ढाटका सञ्चालक कृष्ण सिग्देलले आफूलाई ढाटबाट अनावश्यक तनाव भएकोले बन्द गरेको बताउँदै भन्छन् ‘मैले नगरपालिकासँग सम्झौता गरेर काम लिएको हुँ, केही केटाहरुले रोजगारी पनि पाएका थिए, तर अनावश्यक ढंगले विवाद भयो, तनाव भयो र मैंले बन्द गराएँ’ सञ्चालक सिग्देलले भने, ‘पुलिस, सिडियोदेखि सबैले फोन गरेर तनाव दिए ।’
उनले २ महिना मात्रै रकम उठाउन पाएको बताए । ‘मैंले त ८ लाख भन्दा बढी रकम नगरपालिकामा बुझाएको छु मेरो रकम डुब्यो, मलाई यो धन्दा गर्न ठीक लागेन’ सञ्चालक सिग्देलले भने, ‘अब पर्सि नगरपालिकालाई पत्र लेखेर औपचारिक जानकारी दिन्छु मेरो रकम डुब्यो अब के गर्ने ?’
उनले ढाटमा पैसा उठाउन राति र दिउँसोमा गरेर १४ जना युवा खटाएका थिए । उनीहरुलाई दैनिक ५० रुपैयाँ खाजा खर्च र मासिक १० हजार रुपैयाँ दिँदै आएको सिग्देलले बताए । सिग्देल आफै कवाड संकलन सम्वन्धी व्यावसाय गर्ने व्यक्ति हुन् ।
प्रमुख प्रशासकीय अधिकृत मुक्ति रिजालका नगरपालिकाले बोलपत्र आह्वान गर्दा ५ वटा फर्मले निवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम कबोल गर्ने गैंडाकोट बिल्डर्सले कवाडी कर संकलनगर्ने ठेक्का पाएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments