जन-स्वास्थ्य
हुक्का तान्नु जति आन्नद त्यति घातक

- फाल्गुन ९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले पनि गाउँघरका बुढापाकाहरु कोइलाको प्रयोगबाट मक्कलमा लौरोको माध्यमले हुक्का तान्ने गरेको पाइन्छ । त्यही हुक्काको आधुनिक रुप बन्दै छ शहरहरुमा विभिन्न चमदार फ्लेवर बनाएर हुक्का पिउने चलन ।

अहिले हुक्का प्रणाली प्राय सहरका ठूला साना रेष्टुराँहरु पाइन्छ । हुक्का भएन भने होटल वा रेष्टुराँ मुहारमा चमक नआउने बताउछन् व्यवसायीहरु ।
झन् रेस्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै भएको छ । चुरोट भन्दा कम असर गर्छ र बाहिरी दुनियाँले पनि गलत सोच नराख्ने हुँदा यसको प्रयोगको मात्रा बढेर गएको धारणा चिकित्सकहरुको छ । कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ।


तर, यथार्थ फरक छ। एकपटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन गर्दा १ सय देखि २ सय वटा चुरोट सेवन गर्नु बराबर हुन्छ। हुक्कामा निकोटिन, भारी धातु, कार्बन मोनोक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ।
अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सोसम्बन्धी रोग, मुख, अन्ननली, मूत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। धुम्रपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धुम्रपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुणा बढी हुन्छ। निष्क्रिय धुम्रपान गर्ने व्यक्तिमा मुटुसम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर