कविता
यसरी देश बन्छत्

- फाल्गुन ९, २०७९ मा प्रकाशित


कृष्ण घिमिरे

पसिना योवन खाडीमा सकिदैछ
यिनै नाडी गलेपछि देश बन्छत् ।

नेपाल जोड्ने पुर्र्खाको सालिक ढले पछि देश बन्छत्
बिदेशीनी को ख्याल छैन् ।

मात्र पठाएको पैसामा र्याल चुहाएपछि देश बन्छत्
मर्ने मरेको छ, इमान बेचेर आफनै शिर नुहाएपछि अनि देश बन्छत् ।

सधैं झुठको खेती गर्ने राजनीति कमाउने दाउ भएपछि देश बन्छत्
आफनो देशको उत्पादन बारी मै सड्छ, पारीको सब्जीको भाउ बढे सि देश बन्छत् ।

आफनै छोरीको बलात्कार गर्ने आफनै बाउ भए सि अनि देश बन्छत्
उता परदेशीको मनभरि घावै घाउ भए सि देश बन्छत् ।

सहजै बनायो लिन लाई राहदानी मरे दिदैंन रोजगारी अनि देश बन्छत्
म आफै लाचारी, मेरा आफनै बाउ भए भष्ट्राचारी साथी अनि देश बन्छत् ।


सोलुखुम्बु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर