कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्य सुध्रिदै
- फाल्गुन ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थालाई लिएर मंगलबार विहान डा. मुकेश मिश्रा र डा. अमोल मात्रे दुई चिकित्सकहरु सँग परामर्स गरिएको छ । नेता भण्डारीलाई भेन्टीलेटरवाट हटाइएको छ भने ईटी ट्यूव पनि निकालिएको छ ।
ट्रयालमै राखेर रिजरभायर व्याग मास्क वाट १५ लि. अक्सीजन दिइएको छ । चिकित्सकहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ । भने अहिले सवै पारामिटर नर्मल छन् ।
फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनु पर्ने अवस्था नरहेको चिकित्सक वाट जानकारी प्राप्त भएको छ । कल्चर रिपोर्ट मंगलबार साँझ सम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारी पश्चात एण्टीवायोटिकको मात्राको थप घट हुने जानकारी दिइएको छ । अहिले ज्वरो आएको छैन । प्रत्येक दिन छातीको फिजियो भई रहेको छ । सुन्निएको अनुहार पुरानो अवस्थामा फर्केको छ । भने कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिन्छ ।
चिकित्सक र नर्सहरुको भनाई अनुसार विरामीले धेरै कुरा गर्न खोजिरहेका छन् तर बुझ्न गाह्रो छ । अब डराउनु पर्ने कुनै अवस्था छैन । सहयोगीहरुले झ्याल बाहिरवाट हेर्दा नर्सहरु औषधी दिदै थिए भने नेता भण्डारी उनीहरुसंग टाठो गरि बोली रहेका थिए ।
आफ्नै निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments