राजनीति /एस
भ्रममा नपरौ । आज सम्म न कुनै आधिकारिक प्रस्ताव आएको छैन् > एस सचिव चौधरी
- फाल्गुन ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौँ ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा एकीकृत समाजवादी (एस)का सचिव तथा सांसद मेटमणि चौधरीले राष्ट्रपतिको विषयमा कुनै पनि आधिकारिक प्रस्ताव नआएको खुलाएका छन् ।
बजारमा हिजोदेखि राष्ट्रपतिको विषयमा चर्चा भए पनि अहिलेसम्म कुनै पनि आधिकारिक प्रस्ताव नआएको दाबी उनको छ ।
‘भ्रममा नपरौ । हिजोदेखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट,’ उनले लेखेका छन्,’ समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ ।’
सचिव चौधरीले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् । मिडियामा आएका कुनै पनि समाचारमा आधिकारिकता नरहेको उनले प्रस्ट पारेका छन् ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको समाचारहरू आएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments