राजनीति /एस
राष्ट्रपति पदका बारेमा के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन > एस अध्यक्ष नेपाल
- फाल्गुन ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
दाङ।
नेकपा एकीकृत समाजवादी (एस ) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक पदहरूको बाँडफाँटमा आफ्नो पार्टीलाई पनि भूमिका दिनुपर्ने बताएका छन्।
मंगलबार दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए।
‘चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन,’ उनले भने,‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ। पावर सेयरिङमा भूमिका नभए अरूको निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन।’
उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग आफूले राष्ट्रपतिबारे कुरा गरेको बताए।
‘राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेससँग र माओवादीसँग कुराकानी भएको थियो। त्यस सन्दर्भमा हामीले केही नामहरू पनि अगाडि सारेका थियौं। यसमा कांग्रेस पनि सहमत भएको थियो माओवादी पनि सहमत भएको थियो,’ नेपालले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई भेटेर राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा भइरहेका बेला नेपालले आफूसँग कुरा गर्न चाहने सबैसँग कुरा भइरहेको बताए।‘तर मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन,’ उनले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments