कृषि उत्पादन कार्यक्रम
अर्थ मन्त्रालयले ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बजेट रोक्यो
- फाल्गुन ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’का लागि विनियोजित बजेट अर्थ मन्त्रालयले रोक्का गरिदिएको छ। प्रमुख अन्न तथा तरकारी बाली÷बस्तुको आयात घटाउन भनेर सरकारले सुरु गरेको कार्यक्रमको लागि चाहिने बजेट सरकारले रोकेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा खाद्यान्नको आयात ३० प्रतिशत कम गर्ने लक्ष्य लिएको छ।कार्यक्रममार्फत् स्थानीय तहको अग्रसरतामा प्रमुख खाद्यान्न बालीहरु धान, मकै, तरकारी, आलुलगायतको उत्पादन वृद्धि गर्ने लक्ष्य लिइएको थियो। कार्यक्रम कार्यान्वयनका लागि गत असोजदेखि कार्यविधि लागू भएको थियो। तर, पूर्ण कार्यान्वयनमा नजाँदै अर्थ मन्त्रालयले कार्यक्रमका लागि विनियोजित ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बजेट रोक्का गरिदिएको छ।
अर्थ मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पत्र लेख्दै कार्यक्रमको बजेट रोक्का गरिएको जनाएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकास कुमार सञ्जेलले अर्थ मन्त्रालयबाट बजेट रोक्का भएको भनेर पत्र प्राप्त भएको जानकारी दिए।
‘रोक्का गर्नुको कारण त हामीलाई थाहा भएन। तर अहिले राजस्व कम उठेकाले आम्दानी र खर्चको ग्याप भएको कारणले होला। अर्थ मन्त्रालयले रोकेको विषयमा हामीले यो कारण होला भन्न सकेनौं,’ सञ्जेलले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments