राप्रपा /राजनीति
दोधारमा राप्रपा > निर्वाचनमा भाग लिने वा नलिने भन्ने कार्यसम्पादन समिति बैठकपछि मात्रै निर्क्यौल हुने
- फाल्गुन ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने ठ्याक्कै केही भएको छैन । । भाग लिने कि नलिने भन्ने विवाद आएमा भोटिङ नै हुन्छ । सकेसम्म सर्वसम्मत ढंगबाट जाने हो, नभए बहुमत र अल्पमतबाट निर्णय हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीे राप्रपाका एक नेताले बताउँदै, उनले भने नत्र केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्नेछ ।
सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले भने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताए । ’सहभागी नहुने भन्ने धारणा छैन । एकदुई जना साथीहरूले राष्ट्रपति निर्वाचनमा सहभागी नहुनुपर्ने कुरा निकालेका छन्,’ उनले भने, ’राष्ट्रपति निर्वाचनमा सहभागी भएरै जान्छौं । संसदीय प्रक्रियाभन्दा बाहिर रहने कुरा त भएन नि !’
उता राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्यौल नभइसकेको बताएका छन् । ’राष्ट्रपति निर्वाचनबारे पार्टीले अहिलेसम्म केही धारणा बनाइसकेको छैन । राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने केही भएको छैन । कार्यसम्पादन समिति बैठकपछि मात्रै निर्क्यौल हुन्छ,’ उनले भने, ’राष्ट्रपति निर्वाचनमा यसै गर्ने भन्ने भइसकेको छैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments