स्ववियू निर्वाचन
ल क्याम्पसमा स्ववियू निर्वाचनको तयारी तिब्र > त्रिपक्षीय भिडन्तमा आ -आफनै दावी
- फाल्गुन ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल ल क्याम्पसलाई अहिले स्ववियू निर्वाचनको माहोलले छुन थालेको छ । आगामी चैत्र ५ हुने निर्वाचनलाई केन्द्रित गरेर विधार्थी नेताहरु परामर्शमा व्यस्त हुन थालेका छन् । विद्यार्थी भर्ना र परीक्षा फारम भर्नका लागि हेल्प डेस्कको स्थापना गरी उनीहरु आ–आफ्नो उपस्थिति देखाइरहेका छन्।
यो क्याम्पसमा खासगरी तीन वटा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध विद्यार्थी नेताको दौडधुप देखिन्छ। त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पसको रूपमा चिनिएको नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनबाट स्ववियु सभापतिमा आकांक्षा देखाइरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आधा दर्जन विद्यार्थीले सभापतिमा आकांक्षा देखाएका छन्। नेविसंघ केन्द्रले समेत पूर्णता नपाएको अवस्थामा संस्थापन पक्ष र संस्थापन इतर पक्षका विद्यार्थी संगठनका नेताहरू स्वघोषित रूपमा आफूलाई स्ववियु सभापतिको उम्मेदवारको रूपमा दावी प्रस्तुत गरिरहेका छन्।
संस्थापन पक्षबाट सुरज सेजुवालको नेतृत्व रहेको नेविसंघबाट सभापतिमा अधिवक्ताद्वय रुपेश खनाल र मनोज सिंह तथा विद्यार्थी नेता एमडी माझीको चर्चा छ। त्यसैगरी संस्थापन इतर पक्षबाट नेपाल ल क्याम्पस नेविसंघको कार्यवाहक अध्यक्ष रहेका मुकेश सेन्चुरीले सभापतिको दावी गरिरहेका छन्।
सभापति रञ्जिता कार्की स्थानीय तहमा उम्मेदवार बन्न गएपछि सेन्चुरीले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। सेन्चुरीले आफूले निरन्तर रूपमा नेपाल ल क्याम्पसका विद्यार्थीको माझमा रहेर विभिन्न शैक्षिक अभियान चलाएका कारण आफ्नो दावी स्ववियु सभापतिमा रहेको बताए।
नेपाल ल क्याम्पसमा निःशुल्क तयारी कक्षा, नेपाल बारको लाइसेन्सको तयारी कक्षामा समेत आफ्नो महत्त्वपूर्ण योगदान भएका कारण आफ्नो उम्मेदवारी रहेको उनको दावी छ।
त्यसैसरी संस्थापन पक्षका नेता रुपेश खनाल नेविसंघको सांगठनिक संषर्घका हिसाबले सभापितमा आफू बाहेक अरू उपयुक्त पात्र नभएको प्रतिक्रिया दिए। उनले नेविसंघको आधिकारी उम्मेदवार को हुने भन्ने सन्दर्भमा केन्द्रबाटै टुङ्गो बताए।
बिएएलएलबी, एलएलबी र एलएलएम तीन वटै संकायबाट विद्यार्थीहरूलाई समावेशी, समानुपातिक ढङ्गबाट प्रतिनिधित्व गर्दै अगाडि बढ्ने र नेपाल ल क्याम्पसमा नेविसंघले नै जित्ने उनले दावी गरे।
उनले शैक्षिक क्षेत्रमा बसेर राजनीति गर्नेहरूबाटै स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्र भएको आरोपसमेत लगाए। स्ववियु जस्तो संस्थालाई विभिन्न बहानामा सिध्याउन खोजिएको भन्दै उनले त्यसबारे विद्यार्थी सङ्गठनहरू संवेदनशील बन्नुपर्नेमा जोड दिए। स्ववियु निर्वाचन नभएकै कारण कानुनी शिक्षामा समेत अवरोध हुन पुगेको उनको भनाइ छ।
नेपाल ल क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विष्णु ढुङ्गेलले ल क्याम्पस त्रिभुवन विश्वविद्यालयभन्दा पुरानो क्याम्पस भएको बताउँदै छुट्टै विश्वविद्यालय बनाउनका लागि स्ववियु सभापतिमा आफ्नो उम्मेदवारी रहने बताए। उनले भने, ‘नेपाल ल क्याम्पसमा विगतकोभन्दा अहिलेको परिस्थिति भिन्नै छ।’
अनेरास्ववियु नेपाल ल क्याम्पसका अध्यक्ष एवं अनेरास्वियुका केन्द्रीय सदस्य अधिवक्ता वसन्त जोशीले विद्यार्थीको नेतृत्व क्षमता र व्यक्तित्व विकासका लागि आफ्नो उम्मेदवारी रहेको दावी गरेका छन्।
शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको हकहितमा लामो समयदेखि तल्लीन रहेको बताउँदै उनले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को लागि आफू योग्य पात्र भएको भएका छन्। अनेरास्ववियु अरू विद्यार्थी सङ्गठनभन्दा पृथक रहेको दावी गर्दै जोशीले आफूहरूले उठाएका अजेण्डाहरु विद्यार्थीका पक्षमा रहेको बताए। उनले भने, ‘म नेपाल ल क्याम्पसको अनेरास्ववियुको अध्यक्ष हुँ। मैले विद्यार्थीको हकहितका लागि नीतिगत प्रभाव पर्ने गरी काम गरेको छु।’
नेपाल ल क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनलाई मध्यनजर गर्दै विद्यार्थीहरूको भर्ना म्याद थप गरेको छ। सोमबार एक सूचना जारी गर्दै ल क्याम्पसमा सञ्चालित चार वटा सेमेस्टर एलएलएम, ६ सेमेस्टर एलएलएम, १० सेमेस्टर बिएएलएलबी र तीन वर्षे एलएलएलबीका विद्यार्थीहरूलाई आफ्नो सम्बन्धित सेमेस्टरमा फागुन १५ गते ३ बजेसम्म भर्ना गर्नका लागि सूचना जारी गरिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments