खेल /क्रिकेट
लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेलमा बिजयी हासिल गर्यो
- फाल्गुन ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा अर्धशतक पूरा गरेका छन् । रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका छन् । भने नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।
रोहितले अविजित ९५ रन बनाए । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।
यसअघि ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि लगातार विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन र सोमपाल कामी २ रन बनाएर आउट भएका थिए ।
तर नवौं विकेटका लागि रोहित र करणले अविजित ७५ रनको साझेदारी गरेपछि नेपालले रोमाञ्चक जित निकाल्यो ।
स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए ।
नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।
स्कटल्याण्डको सुरूवात राम्रो थियो । पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा जर्ज मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गरिरहेका थिए । उनले पहिलो विकेटका लागि काएल कोएत्जसँग ४२ रनको साझेदारी गरे । आठौं ओभरमा सन्दीपले त्यो साझेदारी तोडे ।
सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए । मुन्सीले भने आक्रमक ब्याटिङ गरिरहेका थिए । उनले दोस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे । तर १४औ ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा फर्कियो । व्यक्तिगत ६० रनमा खेलिरहेका मुन्सेलाई बोल्ड गरेका सन्दीपले कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारेका थिए ।
कुशल मल्लले २१औं ओभरमा म्याब्राइजलाई एलबिडब्लु आउट रे भने सन्दीपले टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराएपछि स्कटल्याण्ड ११८–५ को अवस्थामा पुग्यो । उसका लागि विकेटकिपर म्याथ्यु क्रस र ब्रान्डोन म्याकमुलेनले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गरे । तर ३५औं ओभरमा करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्फत रनआउट गर्दै त्यो साझेदारी तोडे ।
लगत्तै करणले माइकल लिस्कलाई बोल्ड गरे ।ओडीआई क्रिकेटमा करणको यो ५०औं विकेट हो ।
३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराएका करणले नै मार्क वाटको विकेट लिएपछि स्कटल्याण्ड अलआउट भयो ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृंखलामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेलमा ३–३ विकेट लिएका थिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।
ललित राजवंशी र कुशल मल्लले समान १÷१ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments