मारमा उपभोक्ता
बिना कारण दूधको मूल्य बृद्धि> किसान र उपभोक्ता दुबै मूल्य बृद्धिको बिरोधमा

- फाल्गुन १०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारी निकायले दूधकोे भाउ बढाउने निर्णय गरे सँगै त्यसको प्रत्यक्ष फाइदा लिने कृषक र मूल्य बृद्धिको मारमा पर्ने उपभोक्ता दुबैले बिरोध गरेका छन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डले “आफैँले तय गरेको नीति विपरीत दूधको मूल्य बढाउने सिफारिस गरेको” भन्दै अहिले ब्यापक आलोचना भइरहेका बेला उपभोक्ता र कृषकले समेत असन्तुष्टि व्यक्त गरेका हुन्।
उपभोक्ताले “बिरामी, वृद्धवृद्धा र बालबालिकाको अत्यावश्यक पौष्टिक तत्त्व” उपलब्ध हुने दूध “अचाक्ली महँगो बनाउन लागिएको” भन्दै आलोचना गरेका छन्।


अर्कातर्फ किसानहरू चाहिँ “अहिले गरिएको सिफारिसले पनि लागत नउठ्ने” भन्दै त्यसप्रति असन्तुष्ट देखिएका छन्।
बोर्डले भने कृषक, डेरी उद्योगी र उपभोक्ता अधिकारकर्मी समेतको छलफलपछि दूधको मूल्य बढाउने सिफारिस गरिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।

कति बढ्यो मूल्य ?

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार दूधको न्यूनतम मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सिफारिस गरिएको छ। मन्त्रालयले त्यसबारे थप अध्ययन र छलफल गरेर मन्त्रिपरिषद्मा पठाउनेछ र मन्त्रिपरिषद्ले स्वीकृत गरेको मूल्य लागु हुनेछ।
राष्ट्रिय दुग्ध विकास नीति अनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरवलोकन गर्ने व्यवस्था गरेको छ। तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो। गत वर्ष माघ २८ गते दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५९ रुपैयाँ ९३ पैसा तोकेको थियो।
त्यो भनेको उद्योगीले कृषकलाई दिनुपर्ने न्यूनतम मूल्य हो। यद्यपि कृषकहरूका अनुसार त्यसमध्ये करिब ५६ रूपैयाँ मात्र कृषकले पाउने गर्छन् भने बाँकी बिक्रीको व्यवस्थापन गर्ने दुग्ध सहकारीहरूले पाउने गर्छन्।

न्यूनतम समर्थन मूल्यक कृषकका लागि तोकिएको हुनेले दूधको उपभोक्ता मूल्य भने ८६ रुपैयाँ रहेको छ। तर खुला रूपमा बिक्री हुने दूध साना डेरीहरूले अहिले पनि प्रतिलिटर १ सय रुपैयाँ वा त्यसभन्दा माथि पनि बिक्री गरिरहेका छन्। पशु आहाराको मूल्यवृद्धि भएकाले अहिले भाउ बढाउने सिफारिस गरेको यादवले बताए।
उनले भने, “अहिले चोकर, पिना र परालको समेत भाउ बढेको छ। त्यसको लागत हिसाब गर्दा प्रतिलिटर १४ रुपैयाँसम्म महँगो पुग्ने देखिए पनि हामीले छलफल गरेर १० रुपैयाँका सिफारिस गरेका हौँ।”
पशु आहारा तथा लागतबारे जानकारी लिन कृषकहरूले गरेको अध्ययन, बोर्ड आफैँले गरेको अध्ययन र स्वतन्त्र रूपमा गरिएका अध्ययनहरूको पनि आधार लिइएको उनको भनाइ छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर